कञ्चनपुर- शुक्लाफाँटा नगरपालिका–१० झलारीमा आज दुर्लभ प्रजातिको अजिंगर फेला परेको छ।
स्थानीय राजेन्द्रप्रसाद पाण्डेयको गोठमा फेला परेको ८ फिट लामो अजिंगरलाई शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका कर्मचारीको जिम्मा लगाइएको छ। अजिंगरलाई आरक्षका कर्मचारीले चम्फापुर नजिकको निकुञ्जको सुरक्षित क्षेत्रमा छाडेका छन्।
सो अजिंगर संरक्षित प्रजातिको सूचीमा सूचीकृत रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पूर्वी क्षेत्रका सहायक संरक्षण अधिकृत शैलेन्द्र चौधरीले बताए। दुई वर्षको उक्त अजिंगर पाइथनमोलुरस प्रजातिको रहेको बताइएको छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।