एनआइसी एसिया बैंकले पायो 'उत्कृष्ट वित्तीय प्रतिवेदन अवार्ड'

नेपाल लाइभ | २०७६ श्रावण ७ मंगलबार | Tuesday, July 23, 2019 १८:२९:०० मा प्रकाशित

काठमाडौं- नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)ले प्रदान गर्ने उत्कृष्ट वित्तीय प्रतिवेदन अवार्डबाट एनआइसी एसिया बैंक सम्मानित भएको छ। 

अर्थमन्त्री डा. युवराज खतिवडाले बैंकका सिइओ रोशनकुमार न्यौपानेलाई सो पुरस्कार प्रदान गरेका हुन्। 

यसैगरी, विकास बैंक र वित्त कम्पनी समूहबाट महालक्ष्मी विकास बैंकले उत्कृष्ट लेखापरीक्षण अवार्ड हात पारेको छ। 

उत्पादन समूहतर्फ बुटवल पावर कम्पनी, सेवातर्फ ओरियन्टल (र्याडिसन) होटल र अन्य समूहतर्फ कर्जा सूचना केन्द्रले अवार्ड हात पारेका छन्।