काठमाडौं- मेगा बैंकले ‘एक शाखा, एक छोरी’ छात्रवृत्ति योजना सार्वजनिक गरेको छ।
बैंकको नवौं वार्षिकोत्सवको अवसरमा सोमबार राजधानीमा सो छात्रावृत्ति योजना सार्वजनिक गरिएको हो। शिक्षाबाट बञ्चित हुन बाध्य छात्रालाई कक्षा १२ सम्म अध्ययनका लागि आवश्यक आर्थिक सहायता दिने गरी सबै शाखाबाट सो छात्रावृत्ति योजना लागू गराउने कार्यको शुभारम्भ गरिएको बैंकका अध्यक्ष भोजबहादुर शाहले बताए।
बैंकको हाल १ सय २ वटा शाखा रहेका छन्। ती सबै शाखाबाट एक जना गरिव तर जेहेन्दार छात्रालाई कक्षा १२ सम्मको अध्ययनका लागि यो योजना तय गरिएको पनि बैंकले जनाएको छ। अध्यक्ष शाहले बैंकले सामाजिक व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य र वातावरणको क्षेत्रमा पनि आगामी दिनमा लगानी गर्दै जाने योजना तय गरेको बताए।
बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले बैंकको निक्षेप गत वर्षको १९ अर्वबाट बढेर ८२ अर्व पुगेको जानकारी दिइन्। त्यसैगरी बैंकको कर्जा प्रवाह १५ अर्व ५० करोडबाट बढेर ७३ अर्ब पुगेको छ।
देशभर १०२ वटा शाखा कार्यालय स्थापना गर्न सफल सो बैंकको १०२ वटा एटिएम मेशिन, ११९ वटा शाखारहित बैंकिङ केन्द्रहरु, २५ सय मेगा रेमिट एजेन्टहरु पनि रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।