• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

थवाङलाई मौलिकता जोगाउनै सकस 

64x64
नेपाल लाइभ बुधबार, साउन ८, २०७६  ०५:५५
1140x725

रोल्पा- गुजमुज्ज परेका घर। काठले छाएका छाना। माथिल्लो तलामा बस्नका लागि दलिन। 

यही हो मगर गाउँ थवाङको पहिचान। 

अन्य मगर गाउँभन्दा फरक मौलिकता बोकेको थवाङलाई पछिल्लो पटक भित्रिएको विकासले भने मौलिकता जोगाउनै सकस भएको छ। गाउँको पहिचान हराउँदै जान थालेसँगै यहाँका अगुवा चिन्तित देखिन थालेका छन्। 

रोल्पाको उत्तरी भेगमा पर्ने थवाङ रुकुम-पूर्वसँग सिमाना जोडिएको छ। मगर बाहुल्य थवाङ पछिल्लो पटक अन्य जातिकोसमेत मिश्रित बासस्थान वन्न पुगेको छ। दलित, ठकुरी, नेवार पनि थवाङको बासिन्दा भएसँगै एकल जातीय बसोबास रहेको थवाङ अब बहुजातीय समाज बन्न पुगेको छ। 

थवाङमा केही वर्षयता आरसिसी ढलानयुक्त घर बन्न थालेसँगै यहाँको मौलिकता हराउँदै जान थालेको हो। सिमेन्ट प्रयोग गरी पिलरवाला ढलानयुक्त घर बनेपछि यहाँको सयौं वर्ष पुरानो मौलिकता हराउन थालेको स्थानीय युवा अमित घर्तीमगर बताउँछन्। 'यहाँको मौलिकता संरक्षण गर्न लागिपरेका त छौं तर सार्थकता पाउन सकेको छैन,' उनले भने, 'भवन निर्माणको स्वीकृत दिँदा स्थानीय सरकारले मौलिकता नहराउने गरी अनुमति दिनुपर्छ। तबमात्रै हाम्रो मौलिकता बाँच्न सक्छ।'

थवाङको मौलिकता नै परम्परागत कला संस्कृति र संरचना भएकाले यसको संरक्षणमा ध्यानुपर्ने दलसुर रोका बताउँछन्। नयाँ पुस्तालाई यहाँको मौलिक कला संस्कृति, रहनसहन र भेषभूषा संरक्षणका लागि विशेष योजना ल्याउनुपर्ने उनको सुझाव छ। 'मौलिकता हराउँदै गए थवाङको महत्व पनि हराउँदै जान्छ भनेर चिन्ता लागिरहेको छ,' रोकाले भने। 

करिब १ हजार घरधुरी रहेको साबिकको थवाङमा रहेको ३ वटा वडामा २२९ घरधुरी रहेका छन्। काठको फलेक र स्लेट ढुंगाले छाना छाएका गुजुमुज्ज र बाक्ला घरमा प्राचीन कला संस्कृति झल्कने हस्तकलासमेत अंकित छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

गाउँपालिका अध्यक्ष वीरवहादुर घर्ती भने थवाङको मौलिक पहिचान बचाइराख्न स्थानीय सरकारले विशेष कार्यक्रम ल्याउने बताउँछन्। 'पर्यटक भित्र्याउनका लागि यहाँको मौलिक कला संस्कृतिको संरक्षण पहिलो सर्त हुन्छ,' घर्तीले भने, 'पचासौं वर्षदेखि लोप हुन थालेका केही कला संस्कृति हामी निर्वाचित भएपछि पुनर्जीवित गरेका छौं।'

सांस्कृतिक धरोहरको चिन्ता
साबिक थवाङ गाविसको ३ वटा वडा रहेको ठूलो गाउँलाई नै थवाङ भन्ने गरिन्छ। पछिल्लो पटक थवाङ गाउँमा रहेका सबै बस्तीमा ढुंगा बिछ्याएर गाउँलाई नै सफासुग्घर राखिएको छ। जमिनमुनि ढलको व्यवस्था गरिएका कारण फोहोर व्यवस्थापनमा समेत अब्बल देखिएको सो गाउँलाई मगर समुदायको सांस्कृतिक धरोहरको रुपमा विकास गर्न सकिने स्थानीय बताउँछन्।

जन्म, मृत्यु, विवाह जस्ता संस्कारका साथै  प्रकृतिपूजामा मान्यता राख्नु थवाङको मौलिक परम्परा हो। भाषा, रहन सहन र भेषभूषामा समेत मौलिकता झल्काउनु थवाङको छुट्टै विशेषता। मुख्य चाडको रुपमा हरेक वर्ष असार १ देखि ५ गतेसम्म भुमे पर्व मनाउने चलन छ। भुमे पर्व मगरको मौलिक सांस्कृतिक पर्व भए पनि अन्य स्थानमा लोप हुँदै गएको उक्त वर्षलाई थवाङमा भने भव्यताका साथ मनाउने चलन अहिले पनि कायमै छ। 

नौमती बाजाको १२ प्रकारको तालमा परम्परागत मगर पोसाक लगाएर १२ प्रकारको नाचमा एकै पटक सयौं नरनारी नाच्ने गर्दछन्। पछिल्ला दिनमा भुमे पर्व हेर्न तथा सोबारे अनुसन्धान गर्न देश विदेशाबट थवाङ आउनेहरुको लर्को लाग्ने गरेको छ। 

लामो समय सडक सञ्जालबाट विमुख हुँदै आएको थवाङ केहीअघि मात्रै जिल्ला सदरमुकाम लिवाङ, दाङ सदरमुकाम घोराही तथा पूर्वी रोल्पाको प्रमुख बजार केन्द्र सुलिचौरबाट सडक सञ्जालमा जोडिएको हो। थवाङ मध्य पहाडी लोकमार्गबाट समेत निकै छोटो दुरीमा पर्छ। मध्य पहाडी लोकमार्गले रोल्पालाई नछोए पनि थवाङसँग सो लोकमार्ग निकै छोटो दुरीमा रहेको रुकुम पूर्वमा पर्छ। 

थवाङको चारै दिशाबाट एकै पटक सडक सञ्जालले जोडेसँगै यहाँको मौलिकता समेत हराउदै जान थालेको हो। स्थानीय मौलिकता नमासिने गरी विकास उपयोग गर्नुपर्नेमा जबर्जस्त र योजनाविहीन ढंगले खनिएका सडकका कारण मौलिकता संरक्षणमा हम्मेहम्मे परेको स्थानीयहरुको भनाइ छ।

प्रकाशित मिति: बुधबार, साउन ८, २०७६  ०५:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आजदेखि नेप्सेमा नियमित कारोबार सञ्चालन हुने
फ्लाई दुबईबाट पोखरा आउने यात्रुलाई होटल र रेष्टुराँमा छुट
विवाहको प्रमाणपत्र छैन ? सर्वोच्चले भन्यो– ‘अन्य प्रमाणबाट पनि नाता पुष्टि हुन सक्छ’
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
आजदेखि नेप्सेमा नियमित कारोबार सञ्चालन हुने मंगलबार, असोज ६, २०८३
फ्लाई दुबईबाट पोखरा आउने यात्रुलाई होटल र रेष्टुराँमा छुट मंगलबार, असोज ६, २०८३
विवाहको प्रमाणपत्र छैन ? सर्वोच्चले भन्यो– ‘अन्य प्रमाणबाट पनि नाता पुष्टि हुन सक्छ’ मंगलबार, असोज ६, २०८३
एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै मंगलबार, असोज ६, २०८३
आज हरिपरिवर्तिनी एकादशी मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्