काठमाडौं- थारु समुदायले माघे संक्रान्तिलाई माघी अर्थात् नयाँ वर्षका रुपमा मनाएका छन्।
पूर्वको झापादेखि पश्चिमको कञ्चनपुरसम्मका थारु समुदायले माघ १ गते स्नान, दान एवं खानपिन र रमाइलो गरेर माघी पर्व मनाउने गर्छन्। पुसको अन्तिम दिन रातभर जाग्राम बसेर रमाइलो गरी माघीका दिन बिहानै नयाँ वर्षलाई स्वागत गर्ने गरिन्छ।
यसै क्रममा राजधानीको टुँडिखेलमा थारु समुदायले विशेष कार्यक्रम गरी माघी पर्व मनाएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यमा भएको 'थारु राष्ट्रिय माघी महोत्सव'मा थारु नृत्य र परम्परागत वेशभूषाले रौनक थपेको थियो।
महोत्सवमा घुँगी, ढिक्री लगायत थारु परिकारका स्टलहरुमा सहभागीहरु रमाएका थिए।









नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।