रसुवा– माघे संक्रान्तिको अवसरमा रसुवा र नुवाकोटमा गोरु जुधाइएको छ।
रसुवाको बेत्रावती, नुवाकोटको तारुका र नुवाकोटको पञ्चकन्यामा गरी ४० हल गोरु जुधाइएको हो। बेत्रावतीमा १० हल, तारुकामा २० हल र पञ्चकन्यामा १० हल गोरु जुधाइएको आयोजकहरुले जनाएका छन्।
बेत्रावतीमा गोसाइँकुण्ड युवा क्लब, तारुकामा माघे संक्रान्ति गोरु जुधाइ संरक्षण संस्था र पञ्चकन्यामा नवप्रतिभा युवा समूहले गोरु जुधाइ कार्यक्रम सञ्चालन गरेका हुन्।
गोरु जुधाइ हेर्न रसुवा, नुवाकोटका साथै धादिङ, सिन्धुपाल्चोक, काठमाडौं उपत्यका लगायतबाट ठूलो संख्यामा दर्शक बेत्रावती र तारुका आउने गरेका छन्।
हेर्नुहोस् गोरु जुधाइका केही झलक:








नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।