• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, पुस १७, २०८२ Thu, Jan 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

तस्करको प्रलोभनमा युरोप गएका म्याग्दीका युवाको गयो ज्यान

64x64
नेपाल लाइभ सोमबार, माघ १, २०७४  १४:०८
1140x725

म्याग्दी- म्याग्दीको प्रमुख आयस्रोत बनेको वैदेशिक रोजगारी सुरक्षित र व्यवस्थित बन्न सकेको छैन। अवैध बाटो भएर असुरक्षित रुपमा युरोप र अमेरिका पुग्ने सपना बुनेका युवा वर्ग जानाजान ठगिन बाध्य छन्।

राम्रो जागिर खाने, धेरै आम्दानी गर्ने र सुविधासम्पन्न जीवनशैली बिताउन पाउने जस्ता मानव तस्करको मीठा प्रलोभनमा परेर युरोप हिँडेका केहीले गन्तव्यमा नपुग्दै ज्यान गुमाएका छन्। यस्तैमध्येका एक हुन्– म्याग्दीको रघुगंगा गाउँपालिका ६ पाखापानीका ३६ वर्षीय धनमान पुर्जा।

'युरोप पुगेर धेरै पैसा पठाउँछु र हामीलाई पनि उतै लैजान्छु भन्नुहुन्थ्यो', धनमानकी श्रीमती दालसुवाले रुँदै भनिन्, 'तर कहिल्यै नफर्कने गरी यो संसारबाट बिदा हुनुभयो।'

लिबियादेखि सामुद्रिक बाटो हुँदै इटाली छिर्न नेपालबाट निस्किएका पुर्जाको सपना मानव तस्करले डोर्‍याएको बाटोमै चकनाचुर भयो। कात्तिक १२ गते लिबियाबाट ट्युबको डुंगामा बसेर इटाली लैजाने क्रममा पुर्जाको निधन भयो।

पुर्जाका श्रीमती, चार छोराछोरी र आफन्तले अन्तिम पटक उनको अनुहार समेत देख्न पाएनन्। पुर्जाको निधन भएपछि उनीसँगै गएका नेपालीहरुले एनआरएनए, स्विट्जरल्याडस्थित नेपाली दूतावासमार्फत परिवारलाई खबर पठाएका थिए।

अवैध रुपमा गएको र अर्था‍ अभावका कारण उनको शव नेपाल ल्याउन नसकेपछि उतै सद्गत गरेर परिवारले मगर संस्कार अनुसार काजकिरिया गरेका थिए। धनमानका तीन छोरा र एक छोरी छन्। १२ वर्षीय जेठा छोरा अपांग छन्। 

'गरगहना धितो राखेर, ऋण खोजेर पठाएका थियौं', दालसुवाले भने।

विदेश जाँदा लागेको ऋण तिर्ने, छोराछोरी पढाउने, घरव्यवहार चलाउने जिम्मेवारी दालसुवाको काँधमा आएको छ। खेती किसानी गरेर जीविकोपार्जन गर्दै आएका पुर्जा परिवार घरमूलीको निधनपछि बिचल्लीमा परेका छन्। 

Ncell 2
Ncell 2

पुर्जाले वैदेशिक रोजगारीका क्रममा दुई वर्ष युएई र दुई वर्ष बहराइनमा काम गरेका थिए। इटालीस्थित शरणार्थी शिविरमा रहेका धनमानसँगै गएका नेपालीहरुका अनुसार १२ जनालाई दुबई, टर्की र लिबिया हुँदै इटाली छिराउन मानव तस्करहरुले अफ्रिकी मूलका आप्रवासीहरुसँगै सामुद्रिक डुंगामा जोखिमपूर्ण यात्रा गराएका थिए। 

चार वर्षअघि अवैध बाटो भएर अमेरिका जान हिँडेका धौलागिरि गाउँपालिका ७ ताकमका पृथ्वी केसीको समुद्रमा डुबेर निधन भएको थियो। केसीसँगै गएका म्याग्दीकै युवाले सामान बोक्ने डुंगामा कोचिएर समुद्र पार गर्ने क्रममा डुबेर केसीको निधन भएको परिवारलाई जानकारी गराएका थिए। 

पाखापानीका पुर्जा र ताकमका केसीको निधनले म्याग्देली युवा मानव तस्करको फन्दामा परेर अवैध बाटो भएर युरोप र अमेरिका जाने प्रलोभनमा ठगी र दुःखमा फसेको पुष्टि गरेको छ। 

देशको अस्थिर राजनीति, विकराल बेरोजगारीको अवस्थाबाट निराश भएका सोझासाझा युवालाई वैदेशिक रोजगारीका नाममा पर्यटक भिसामा खाडीका देशमा लैजाने र अलपत्र पार्ने समस्या पनि उत्तिकै छ। 

अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपति बनेपछि उनले आप्रवासीहरुप्रति अपनाएको कठोर नीतिका कारण अवैध बाटो भएर अमेरिका पुगेका नेपालीहरु फर्कन थालेका छन्। एक वर्ष पहिलेसम्म त्यहाँ पुगेका नेपालीहरु केही महिना शरणार्थी शिविरमा बस्ने र पछि अदालती प्रक्रिया पूरा गरेर वैधानिक हुने गरेका थिए। 

नेपालबाट भिजिट भीसामा युएईको दुबई पुर्‍याउने र युएईको सारजाँ अजमानमा कोठा भाडा लिएर महिनौं राख्ने अनि जलमार्ग हुँदै लिबियाको बाटो भएर युरोप पुर्‍याउने गरेको अमेरिका पुगेर फर्किएका बेनपा ६ का दीपक शर्माले बताए। युरोपका बेल्जियम, चिली, क्यानडा, पोर्चुगल, इटाली, स्पेन लगेर रोजगारी दिने भन्दै एक जनाबाट कम्तीमा २०/२५ देखि ५०/६० लाख लिने गरेका उनले गुनासो गरे। 

मानव तस्करहरुले देखाउने प्रलोभन भन्दा त्यहाँको वास्तविकता फरक रहेको छ। बाटोमै तीनदेखि चार महिना लाग्ने गरेको छ। सुरक्षाकर्मीको आँखा छल्दै समुद्र र जंगलको बाटो हिँड्नुपर्छ। दक्षिण अफ्रिकी द्वन्द्वग्रस्त मुलुक मेक्सिको, कोस्टारिकाको बाटो भएर समेत केही म्याग्देली अमेरिका छिरेका बताइन्छ। 

'पछिल्लो समय आप्रवासीहरुप्रति लिएको कठोर नीतिका कारण युरोप, अमेरिकामा आएर वैधानिक बन्न जटिल बनेको छ', अमेरिकामा रहेका होम पुनले भने, 'जोखिमपूर्ण यात्रा, अवैध बाटो भएर यहाँ आइपुगे पनि वैधानिक बन्ने, काम पाउने र कमाइ हुने सम्भावना न्यून छ।'

अवैध बाटोबाट युरोप वा अमेरिका पुगेका नेपालीले पहिले द्वन्द्वका कारण विस्थापित भएको र अहिले भूकम्पका कारण घरबारविहीन भएको भन्दै वैधानिक बन्नका लागि त्यहाँको अदालत जाने गरेका छन्। त्यसका लागि नेपालमा द्वन्द्व र भूकम्पपीडितको नक्कली कागजात बनाउने गरेका छन्।

पछिल्लो समय शरणार्थीको नाममा पुगेकाहरुलाई त्यहाँका प्रहरीले समातेर सिधै सम्बन्धित देशको दूतावासमार्फत आफ्नै देश फिर्ता पठाउन थालेको छ। आप्रवासी कामदारहरुको अधिकारकर्मी डा मीना पौडेलले मानव तस्करले विभिन्न बहाना र प्रलोभनमा पारेर नेपालीहरुलाई तस्करी गरिरहेकाले सचेत हुनुपर्ने बताइन्।

वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर वैदेशिक रोजगारका लागि स्वीकृति प्राप्त देशमा आफ्नै देशको विमानस्थलबाट मात्र जानुपर्छ', पौडेलले भने, 'अवैध रुपमा जाँदा ठगिने र दुःख पाउने समस्या हुन्छ।'

वैदेशिक रोजगारीमा गएकाहरुले पठाएको रेमिट्यान्सले म्याग्दीको अर्थतन्त्र धानिए पनि सुरक्षित र व्यवस्थित बनाउन कसैले चासो देखाएका छैनन्, जसका कारण म्याग्देली युवालाई अदक्ष कामदारका रुपमा विदेशिन मार्ग प्रशस्त गरेको छ। अवैध बाटो भएर विदेशिँदा ठगी र जोखिम दुवै हुनेतर्फ सबै पक्ष सचेत हुनु आवश्यक देखिन्छ। रासस

प्रकाशित मिति: सोमबार, माघ १, २०७४  १४:०८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पर्यटकको ‘अनलाइन ट्र्याकिङ’ सुरु
सुनसरीको लौकही बजार तनावग्रस्त, स्थिती नियन्त्रणमा लिन प्रहरीले हान्यो अश्रु ग्यास
असारदेखि अवरुद्ध रसुवागढी नाका बिहीबारदेखि सञ्चालन
सम्बन्धित सामग्री
न बदलिएको समाज उज्यालो नेपालको कुरा नगरेको भनेर प्रश्न उठ्न सक्छ। यदि साँच्चै राजनीतिमा आउन चाहनुहुन्छ भने, आजै जिम्मेवारीबाट राजीनामा दिएर आउनुपर्... आइतबार, पुस १३, २०८२
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय एकैछिन कल्पना गरौं त, हामीलाई कुनै कुरामा पनि चाख लाग्दैन र मन रमाउँदैन भने जिन्दगी कस्तो होला? डिप्रेसनबाट पीडित व्यक्तिहरु भन्छन्,... बुधबार, मंसिर १७, २०८२
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर त्यहीबेला बर्लिनमा सर्जरी विभागमा कार्यरत एक २५ वर्षीय मेडिकल डाक्टर थिए- वर्नर फ्रसम्यान । आइतबार, मंसिर १४, २०८२
ताजा समाचारसबै
पर्यटकको ‘अनलाइन ट्र्याकिङ’ सुरु बिहीबार, पुस १७, २०८२
सुनसरीको लौकही बजार तनावग्रस्त, स्थिती नियन्त्रणमा लिन प्रहरीले हान्यो अश्रु ग्यास बिहीबार, पुस १७, २०८२
असारदेखि अवरुद्ध रसुवागढी नाका बिहीबारदेखि सञ्चालन बिहीबार, पुस १७, २०८२
आज १३औँ राष्ट्रिय पोसाक एवं टोपी दिवस बिहीबार, पुस १७, २०८२
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर बिहीबार, पुस १७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना बुधबार, पुस १६, २०८२
निकोलस भुसाललाई अस्पताल लगियो बुधबार, पुस १६, २०८२
सुनसरीको लौकही बजार तनावग्रस्त, स्थिती नियन्त्रणमा लिन प्रहरीले हान्यो अश्रु ग्यास बिहीबार, पुस १७, २०८२
हाम्रा मुद्दाले जनताको समर्थन पाएको छ, निकट भविष्यमै पार्टीबाट पनि अनुमोदन हुनेछ : भट्टराई बुधबार, पुस १६, २०८२
शितलहरका कारण पूर्वपश्चिम राजमार्गको दाउन्ने खण्डमा समस्या बुधबार, पुस १६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बालेनसँगको वार्तापछि बाहिरिए रवि, सञ्चारकर्मीसँग प्रतिप्रश्न- मेरो अनुहारले के भन्छ ? बिहीबार, पुस १०, २०८२
बालेनलाई भेटेपछि कांग्रेस नेता शर्माले भने- संसद् पुनर्स्थापनाबारे छलफल भयो बिहीबार, पुस १०, २०८२
यस्तो छ रास्वपा पक्षका ११० जना समानुपातिक उम्मेदवारको सूची मंगलबार, पुस १५, २०८२
पाकिस्तानी सेनाकै गढ रावपिन्डीमा हिन्दू विरासतको अन्त्य, कुनैबेलाका बहुसंख्यक, अहिले अस्तित्व नै खतरामा आइतबार, पुस १३, २०८२
राप्रपाबाट को–को समेटिए समानुपातिकको बन्दसूचीमा ? (नामावलीसहित) मंगलबार, पुस १५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्