पथरी, मोरङ- मोरङ, झापा र सुनसरीमा बाढीपीडितका लागि ४ सय ९९ अस्थायी टहरा निर्माण गरिएको छ।
झापाको क्याम्पमा १३९, मोरङको कटहरीमा ८९, विराटनगर वडा नं १९ मा १५०, इटहरीमा ७१ घरटहरा निर्माण गरिएको सहारा सहकारी संस्थाका प्रमुख घनश्याम अधिकारीले जानकारी दिए। सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था सेवा केन्द्र, विराटनगर र ह्याबिट्याट फर ह्युम्यानिटिज नेपालको संयुक्त साझेदारीमा टहरा निर्माण गरिएको हो।
अधिकारीका अनुसार रु एक करोड ७५ लाखको सो ४९९ टहरा निर्माण भएका हुन्। मोरङका केही टहराको निर्माण कार्य पूरा हुन बाँकी रहेकाले निर्माण सम्पन्न भएपछि सम्बन्धित महानगर र नगरपालिकामार्फत बाढीपीडितलाई चाँडै नै हस्तान्तरण गरिने उनले बताए।
संस्थाले टिनको छाना बाँसको बिम, बाँसको खाँबा र झिक्राको टाटीको प्रयोग गरेर अस्थायी टहरा निर्माण गरेको हो।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।