कैलाली– कैलालीको चुरे गाउँपालिकाका अध्यक्ष धन बहादुर रोक्का मगर मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका छन्।
गौरीगंगा– ३ कुचैनीपुृल नजिक आइतबार मोटरसाइकल दुर्घटना हुँदा उनी घाइते भएका हुन्।
पूर्वबाट पश्चिमतर्फ आइरहेको म १ प ५९८३ नम्बरको मोटरसाइकल र से ३ प ४१६३ नम्बरको मोटरसाइकसँग एक आपसमा ठोक्किएको थियो।
दुर्घटनामा गौरीगंगा नगरपालिकाका २४ वर्षिय मुन्ना चौधरी र ३९ वर्षिय जित बहादुर मल्ल पनि घाइते भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।