वीरगंज– सीमा क्षेत्रमा तस्करीमा संलग्न दुई जना भारतीयलाई प्रहरीले पक्राउ गरेको छ। वडा प्रहरी कार्यालय श्रीपुरले आइतबार भारीय नागरिकहरु सुभाष यादब र मनिष कुमार बैठालाई पक्राउ गरेको हो।
उनीहरुबाट २ लाख ५३ हजार रुपैयाँ बराबरको पाइन्टको कपडा र २ लाख ६४ हजार रुपैयाँ बराबरको १८ वटा साडी बरामद गरिएको प्रहरीले जनाएको छ। बरामद सामानसहित पक्राउ व्यक्तिहरुउपर कारबाहीका लागि भन्सार कार्यालय पठाइएको वठा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक कुमार मैनालीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।