काठमाडौं– राजधानीमा पार्किङबाटै माइक्रोबस र ट्याक्सी चोरी हुन थालेको छ।
शनिबार बेलुका स्वयम्भुमा पार्किङबाटै माइक्रो बस चोरी भएको छ। स्वयम्भुस्थित हुलाक घर अगाडि पार्किङ गरी राखेको ठाउँबाट बा.१ ज ८१७१ नम्बरको माईक्रो बस शनिबार चोरी भएको हो।
चोरीमा संलग्न २ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ। चोरी भएको माइक्रो बस पनि बालाजुमा भेटिएको छ। उनीहरु पेशेवर चोर जस्तो देखिएको स्वयम्भु वृत्तका डिएसपी किशोर श्रेष्ठले बताए। साँचा बिना नै उनीहरुले कसरी माइक्रो बस चोरी गरे अनुसन्धान अघि बढाइएको डिएसपी श्रेष्ठले बताए।
गत साता बालाजुमा पार्किङबाटै ट्याक्सी समेत चोरी भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।