एजेन्सी- पपुवा न्युगिनीमा ज्वालामुखी विस्फोट हुँदा १५ सयभन्दा बढी मानिसलाई सुरक्षित स्थलतर्फ सारिएको छ। पपुवा न्युगिनीको उत्तरी समुद्री तटमा आइतबार ज्वालामुखी विस्फोट हुँदा त्यहाँका मानिसलाई सुरक्षित स्थानमा सारिएको रेडक्रसले जनाएको छ।
एक साता अघिदेखि कादोभार आइसल्यान्डमा सुरु भएको ज्वालामुखी फैलँदै गएपछि कादोभार क्षेत्रका मानिसलाई नजिकैको आइसल्यान्डमा लगिएको छ।
केही दिनदेखि खरानी मात्र फैँलदैँ गएकोमा गत शुक्रबार ज्वालामुखी विस्फोट भएको थियो।
ज्वालामुखी विस्फोटमा परेकाहरुका लागि अस्ट्रेलिया सरकारले आर्थिक सहयोग गर्ने घोषणा गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।