काठमाडौं– क्यासिनोकै शैलीमा जुवा खेल्ने २७ जना दरबारमार्गको होटल ल्याण्डमार्कबाट पक्राउ परको छन्। ३ लाख ८९ हजार नगदसहित प्रहरीले कौडा खेलिरहेका जुवाडेहरुलाई शनिबार बेलुका पक्राउ गरेको हो।
होटल ल्याण्डमार्कको तेस्रोमा तलामा कौडा खेलिरहेको सूचनाका आधारमा जुवाडेहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त दरबारमार्गका डिएसपी तिलक भारतीले बताए। पक्राउ पर्नेहरुमा दुई महिला समेत छन्।
उनीहरुबाट ३ लाख ८९ हजार रुपैयाँ र एक सय अमेकिरन डलर समेत प्रहरीले बरामद गरेको छ।
पक्राउ पर्नेहरुमा सुरेन्द्र सिंह, उर्मिला थापा, हरि शरण महतो, राजु तामाङ, कुमार अधिकारी, सानु माली, निमेष अर्याल लगायत छन्। पक्राउ पर्नेमा अधिकांश व्यापारीहरु छन्।
उक्त होटलमा लामो समयदेखि जुवा खेलाउने गरिएको सूचनाका आधारमा प्रहरीले छापा हानेको हो। क्यासिनो प्रबेशमा नेपालीहरुलाई कडा भएपछि होटल तथा फ्लाटहरु भाडामा लिएर जुवा खेलाउने धन्दा राजधानीमा चल्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।