• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

जब श्रीमानले श्रीमतीको फेसबुकमा अर्कैको यौन प्रस्ताव फेला पारे…

64x64
नेपाल लाइभ आइतबार, साउन ५, २०७६  १८:४८
1140x725

काठमाडौं- राज भण्डारीले दुई महिना अघि झापाकी रमिता पोखरेलसँग मागी विवाह गरेका थिए। २०७६  बैशाख १८ गते राज र रमिताबीचमा धुमधामसँग विवाह भएको थियो। केही दिन उनीहरु रमाइलोसँग बसे। 

२०७६ जेठ ३२ गते राज र रमितासँगै ससुराली भद्रपुर गए। ससुरालीमा रहेको समयमा रमिताले श्रीमानको मोबाइलबाट आफ्नो फेसबुक खोलिन्। 

फेसबुकमा उनले 'लग आउट' गरिनन्। भर्खरै बिहे गरेकी श्रीमतीको फेसबुकमा गाउँमै मामा भन्ने एक जनाले म्यासेज गरिरहेको र कुराकानी हुने गरेको राजले जानकारी पाए। उनीहरुको कुराकानीमा शंका लाग्यो उनलाई। शंका लागेपछि राजले उनीहरुको कुराकानीलाई पछ्याउन थाले। 

शिव कौशिक रमिताको घरमा पूजा गराउने पण्डितसमेत हुन्। उनीहरूबीचमा बिहेअघि नै सम्बन्ध रहेको आशंका राजले गरे। 

रमितासँगको फेसबुकमा पण्डितसमेत रहेका शिवले दुईवटा बिहेको योग परेकाले रमिता र राजबीचको सम्बन्ध टिकाउ नहुने ज्योतिषीय दाबी गरेका थिए। दुई बिहेको योग मेटाउन केही समयमा कदम चाल्नुपर्ने जानकारी उनले गराए। तर केही समय पहिले मात्र राज रमिताको चिना उनैले हेरेर उत्तम जोडी बन्ने भन्दै लगन जुराइदिएका थिए। 

000

केही दिन आफू माइत बसेर आउने भनेपछि राजले रमितालाई भद्रपुरमै छोडेर आफ्नो घर फर्केका थिए। राज आफ्नो घर र रमिता माइत रहेको भएपनि उनीहरुबीच कुराकानी सामान्य नै चलिरहेको थियो।

रमिताको गतिविधिप्रति शंका लागेपछि राजले फेसबुक च्याटमा उनको नियमित फलो गरिरहेका थिए। यही बीचमा रमिता र शिवबीचको कुराकानीमा बिहे दोष मेटाउने कुराकानी भयो। रमिताले उक्त दोष मेटाउन के गर्नुपर्ने हो, आफू तयार रहेको बताइन्। उनका उक्त कुरापछि पण्डित शिवले बिहेको दोष मेटाउन बिहे अघि वा पछि परपुरुषसँग यौन सम्बन्ध राख्नुपर्ने बताए। यो उनको अप्रत्यक्ष यौन प्रस्ताव थियो। 

Ncell 2
Ncell 2
nimb
nimb

पण्डितको उक्त प्रस्ताव कसरी सम्भव छ भनी रमिताले जवाफ फर्काइन्। पण्डित शिवले अन्य बाहिरी मान्छेसँग यस्तो सम्बन्ध बनाउन सम्भव नभए आफैं कटाइदिन तयार रहेको बताए। पण्डितको उक्त जवाफपछि रमिताले कहाँ र कुन ठाउँमा भनी उनको प्रस्ताव स्वीकार गरिन्। 

पण्डित र रमिताबीचमा उनको माइतीमै उक्त कार्य सम्भव हुने गरी योजना बन्यो। रमिताको माइतीमा दिउँसो बाबुआमा जागिरमा जाने भएकाले उक्त स्थान सुरक्षित भएको उनीहरुको निष्कर्ष थियो।
 
सोही कुराकानीपछि २०७६ असार ८ गते बिहान अन्दाजी १०:१५ बजे रमिताको माइतीमा शिव पुगे। शिव उक्त घरमा पुग्दा रमिता मात्रै थिइन्। पण्डित र श्रीमती रमिताको कुराकानी राजले पछ्याइरहेका थिए। 

उनले ससुराली पुगेर आफूसहित अन्य केही साथमा लिएर श्रीमतीको घर पछ्याउन थाले। राज अघिल्लै दिन असार ७ गते भद्रपुर पुगेर बसेका थिए। ससुराली पुग्दा शंका हुने र श्रीमतीको योजना सफल नहुने भन्दै उनी अन्य स्थानमा बसे। बिहे गरेको दुई महिनामै श्रीमतीको ब्यवहारवाट अचम्ममा परेका उनी रंगेहात पक्राउ गर्ने योजनासहित पर्खिरहे। 

असार ८ गते बिहान उनी १० बजे ससुराली नजिकै पुगे र नजिकै चिहाएर बसे। सासु–ससुरा जागिरमा हिडेलगत्तै पण्डित शिव उक्त घरमा प्रवेश गरे। शिव घरमा पसेको पाँच मिनेटपछि राज उक्त घरमा छिरे। 

000

बन्द ढोकाभित्र यौन क्रियाकलापमा संलग्न भएको अवस्थामा उनीहरुलाई फेला पारे राजले। 

१०/१२ जना मानिसको टोलीसहित ससुराली पुगेका राज आफ्नी श्रीमती नाङ्गै परपुरुषसँग यौन क्रियाकलापमा संलग्न भएको देखेपछि प्रहरीलाई खबर गरे। 

राजलाई विद्युत्तीय कारोबार र पण्डितलाई बलात्कार मुद्दा 
सामाजिक सञ्जाल फेसबुकले खोलेको यो रहस्यमय घटनापछि हाल बलात्कार र विद्युत्तीय कारोबारमा दुई मुद्दा चलिरहेको छ। 

उक्त घटनापछि राजले रमितालाई अस्वीकार गरेर पण्डित शिवलाई जिम्मा लगाए। गाउँलेसहितको टोलीले शिवलाई जिम्मा लगाएपछि रमिता चुप बसिनन्। 

पण्डित शिवले आफूमात्र भएको समयमा घरभित्र प्रवेश गरी जबरजस्ती करणी गरेको भन्दै प्रहरी कार्यालयमा जाहेरी दिइन्। उनको उक्त जाहेरीका आधारमा हाल झापा जिल्ला अदालतमा जबरजस्ती करणीको मुद्दा विचाराधीन छ। 

दुई महिनामै बिहे समाप्त भएपछि रमिताले श्रीमान विरुद्ध पनि जाहेरी दिइन्। श्रीमान राजले आफ्नो फेसबुक दुरुपयोग गर्दै अनधिकृत रुपमा चलाएर बलात्कारसम्म पुर्‍याएको भन्दै विद्युत्तीय कारोबार ऐन अन्तर्गत कारबाहीको माग गर्दै रमिताले जाहेरी दिइन्। 

उक्त मुद्दामा आइतबार काठमाडौं जिल्ला अदालतले सुनुवाई गर्दै राज अधिकारीलाई २५ हजार धरौटीमा छोडेको छ। जिल्ला न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलासले विद्युत्तीय कारोबार ऐन अनुसार उनीसँग धरौटी माग गर्ने आदेश गरेको हो। 

अदालतमा रमिताले आफ्नो फेसबुक चलाएर दुरुपयोग गरी फसाएको आरोप राजमाथि लगाएपनि राजले भने आफू ससुराली पुग्दा पण्डित शिव घरभित्र प्रवेश गरेको पाएको र खोजी गर्दा अश्लील क्रियाकलापमा संलग्न रहेको पाएको बयान दिएका छन्। 

तर रमिताले भने राजले आफ्नो फेसबुकबाट शिवसँग जाहेरवाला बनेर अश्लील, यौन उत्तेजनात्मक भाषाशैलीमा च्याट गरी कुराकानी गरिरहेको जस्तो भान पारेको दाबी गरेकी छन्। षडयन्त्रमूलक ढङ्गबाट कुराकानी गरी विद्युतीय माध्यमको दुरूपयोग गरी सामाजिक सञ्जालबाट विवाहित महिलाको चरित्रहत्या गरी राजले विद्युतीय अपराध गरेको दाबी रमिताको छ। 

रमिताले यसबाट आफूले उचित क्षतिपूर्ति र राजलाई कानून बमोजिम कारबाही गर्नुपर्ने माग गरेकी छन्। जिल्ला अदालत काठमाडौंले मुलुकी फौजदारी संहिता  अनुसार राजले अपराध गरेको वा अपराधमा संलग्न नभएको प्रमाण नभएको भन्दै धरौटी माग गर्ने आदेश गरेको छ। 

जिल्ला अदालतले जबरजस्ती करणी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका पण्डित शिवलाई झिकाएर बयान गराउने समेत आदेश गरेको छ। अर्को सुनुवाई अघि शिवको बयान गराउनु पर्नेछ।

(नोट- यो समाचार सामग्रीमा प्रयोग भएका सबै व्यक्तिका नाम गोपनीयतका कारण परिवर्तन गरिएका हुन्।)

प्रकाशित मिति: आइतबार, साउन ५, २०७६  १८:४८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आजदेखि नेप्सेमा नियमित कारोबार सञ्चालन हुने
फ्लाई दुबईबाट पोखरा आउने यात्रुलाई होटल र रेष्टुराँमा छुट
विवाहको प्रमाणपत्र छैन ? सर्वोच्चले भन्यो– ‘अन्य प्रमाणबाट पनि नाता पुष्टि हुन सक्छ’
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
आजदेखि नेप्सेमा नियमित कारोबार सञ्चालन हुने मंगलबार, असोज ६, २०८३
फ्लाई दुबईबाट पोखरा आउने यात्रुलाई होटल र रेष्टुराँमा छुट मंगलबार, असोज ६, २०८३
विवाहको प्रमाणपत्र छैन ? सर्वोच्चले भन्यो– ‘अन्य प्रमाणबाट पनि नाता पुष्टि हुन सक्छ’ मंगलबार, असोज ६, २०८३
एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै मंगलबार, असोज ६, २०८३
आज हरिपरिवर्तिनी एकादशी मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्