चौतारा- सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–५ चौतारामा गएराति मिनीट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा लिसंखु पाखर गाउँपालिका– ७ ठूलो पाखरका चालक ३१ वर्षीय शशिकुमार लामा र सनाखत हुन नसकेका अर्का एक पुरुष छन्।
लामाको घटनास्थलमा र अर्का पुरुषको उपचारका क्रममा जिल्ला अस्पताल चौतारामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विमल कँडेलले जानकारी दिए।
घर निर्माणका लागि गिटी बोकेर सोही नगरपालिकाको वडा नम्बर ६ गिदानेतर्फ गइरहेको बा४ख २९६० नम्बरको मिनीट्रक गएराति १२ बजेतिर सडकबाट करिब सय मिटर तल खसेर दुर्घटना भएको कँडेलले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।