उर्लाबारी– मोरङको रतुवामाई नगरपालिका–१० स्थित उर्लाबारी–बरडंगा सडकखण्डमा यात्रुवाहक बसको ठक्करबाट साइकलयात्रीको गएराति मृत्यु भएको छ।
उर्लाबारीबाट आमबाडीतर्फ जाँदै गरेको को१ख १९६४ नम्बरको यात्रुवाहक बसले सोही दिशातर्फ गइरहेको साइकलयात्रीलाई ठक्कर दिँदा रतुवामाई–९ बस्ने ४८ वर्षीय काशीराम धामी थारुको मृत्यु भएको हो।
बसको ठक्करबाट गम्भीर घाइते भएका धामी थारुको न्यूरो अस्पताल विराटनगरमा उपचारका क्रममा मृत्यु भएको हो। ठक्कर दिने बस र त्यसका चालकलाई नियन्त्रणमा लिइसकेको इलाका प्रहरी कार्यालय सिजुवाका प्रहरी निरीक्षक विष्णुप्रदीप बस्यालले जानकारी दिए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।