काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक सुरु भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो एक बजे बस्ने भनिएको बैठक झन्डै एक घण्टापछि सुरु भएको हो।
गत मंगलबार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पार्टीको विभाग तथा आयोगहरुको भागबण्डा गरेका थिए।
त्यसयता पूर्व एमाले र पूर्व माओवादीले आफूले नेतृत्व गर्ने विभाग तथा आयोगमा नेतृत्व चयनका लागि कसरत गरेका थिए। केही दिनयता पूर्व एमालेका नेताहरुको बालुवाटारमा बैठक बसिरहेको थियो। त्यस्तै, आइतबार बिहान मात्रै पूर्व माओवादी केन्द्रका केही नेताहरुले प्रचण्ड निबास खुमलटारमा छलफल गरेका थिए।
आजको सचिवालय बैठकमा विभाग र आयोगहरुको नेतृत्व टुंगो लगाउने सम्भावना छ।
यो पनि पढ्नुहोस्ः
नेकपाले टुंग्यायो एकताको सम्पूर्ण काम
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।