चितवन– आफ्नै घरको छतमा धोएर सुकाएको लुगा उठाउने क्रममा एक महिलाको ज्यान गएको छ।
भरतपुर महानगरपालिका–२१ संबिधान चोकस्थित आफ्नै घरको दुईतला माथि छतमा सुकाएको कपडा उठाउन जाँदा शुक्रबार अचानक छतबाट तल खस्दा ५१ वर्षीया मिठुदेबी रसैलीको मृत्यु भएको हो।
खसेर गम्भीर घाइते भएकी उनको चितवन मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको छ। घटनाको सम्बन्धमा प्रहरीले समेत अनुसन्धान अघि बढाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।