काबुल- अमेरिकाले अफगानिस्तानमा थप ७ सय सेना पठाउने भएको छ।
अफगान सेनालाई तालिम तथा अन्य सहयोगमा सघाउन थप सेना पठाइन लागेको अमेरिकी सैन्य अधिकारीलाई उद्धृत गर्दै अफगानिस्तानको खामा न्यूज एजेन्सीले शनिबार जनाएको छ।
अमेरिकाले आतंकवाद विरुद्धको अभियानमा अफगानिस्तानलाई सहयोग गर्दै आएको छ।
अमेरिकी सेनाले थप सेना पठाउन लागेकोप्रति लक्षित गर्दै अफगानिस्ताको तालिबान लडाकु समूहका प्रवक्ताले एक विज्ञप्ति जारी गर्दै अमेरिकालेथ थप सेना पठाउने कुराले कुनै फरक नपर्ने जनाएका छन्।
विज्ञप्तिमा भनिएको छ, 'हजारौंको संख्यामा अफगानिस्तान आएको अमेरिकी सेनाले समेत हामीमाथि विजय हासिल गर्न सक्दैन भने थप ७ सय सैनिक पठाउने निर्णयबाट तालिबान तर्सिदैन।'
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण एसियामा आतंकवाद विरुद्ध लड्ने नयाँ प्रशासनिक रणनीति अनुसार थप सेना अफगानिस्तान पठाउने निर्णय लिइएको हो। ट्रम्पको नयाँ रणनीति तालिबानलाई यहाँको राष्ट्रिय राजनीतिमा आउन दबाव दिने उद्देश्यबाट ल्याइएको बताउने गरिएको छ। (रासस/एएनआई)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।