काठमाडौं– नेपाली कांग्रेस निकट निजामती कर्मचारीहरुको संगठन नेपाल निजामती कर्मचारी युनियन संघको आठौँ महाधिवेशन नजिकिदै गर्दा उम्मेदवारीको चहलपहल सुरु भएको छ। संघको अध्यक्षका लागि तीनजनाले उम्मेद्वारी घोषणा गरिसकेका छन्।
फागुन ८, ९ र १० गते चितवन महाधिवेशन एकता महाधिवेशन हुँदैछ। संघको अध्यक्षका लागि शरदकुमार अधिकारी, राजेन्द्र बुढाथोकी र गोपालप्रसाद पोखरेलले उम्मेद्वारी घोषणा गरेका हुन्।
केही नेताहरु भने सर्वसम्मत रुपमा नेतृत्व छान्नका लागि कसरत छन्। संघका वर्तमान अध्यक्ष तथा आधिकारिक ट्रेड युनियनका महासचिव सुबोध देवकोटा सर्वसम्मत नयाँ नेतृत्व चयन गर्ने पक्षमा आफु रहेको बताउँछन्।
यूनियनभित्र विवादपछि चार वर्षअघि शेर बहादुर देउवा निकट कर्मचारीहरुले नयाँ संगठन खोलेका थिए। पछिल्लो समय दुवै यूनियन मिले पनि विवाद भने मिलिसकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।