काठमाडौं– कपिलवस्तुमा शनिबार भएको दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ।
कपिलबस्तुको कपिलबस्तु नगरपालिका–२ मा ट्याक्टरको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको हो। मोटरसाईकल चालक रुपन्देहीको कमहरीयाका २५ वर्षिय राम बोध केवटको मृत्यु भएको प्रहरीले जनाएको छ।
ट्याक्टरको ठक्करबाट गम्भिर घाईते भएका केवटको उपचारको लागी जिल्ला अस्पताल तौलीहवा लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। आज साँझ पौंने ५ बजे तौलीहवाबाट भैरहवातर्फ जाँदै गरेको लु ३२ प ५८१४ नम्बरको मोटरसाईकललाई बिपरित दिशाबाट आउँदै गरेको लु २ त २७२७ नम्बरको ट्याक्टरले ठक्कर दिएको थियो। ठक्कर दिने ट्याक्टर चालकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।