चितवन– चितवनमा छतबाट खसेर एक महिलाको मृत्यु भएको छ।
भरतपुर महानगरपालिका–२१ संबिधान चोकस्थित आफ्नै घरको दुईतला माथि छतमा सुकाएको कपडा उठाउन जाँदा शुक्रबार खस्न जाँदा गम्भीर घाइते भएकी ५१ वर्षीया मिठुदेबी रसैलीको मृत्यु भएको हो।
गम्भीर घाइते भएकी उनको चितवन मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो। लुगा उठाउने क्रममा चिप्लिएर उनी तल खसेकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।