काठमाडौं- वैदेशिक रोजगारीका क्रममा मृत्यु, अंगभंग तथा बिरामी भएका कामदारका छोराछोरीले प्राविधिक शिक्षा अध्ययनका लागि छात्रवृत्ति पाउने भएका छन्।
वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले तीन वटा विषयका लागि १ सय २० वटा कोटामा छात्रवृत्ति प्रदान गर्ने भएको छ। बोर्डले यसका लागि सार्वजनिक सूचना जारी गर्दै आवेदन दिन भनेको छ। बोर्डले कामदार कल्याणकारी कोषमार्फत छात्रवृत्ति दिन लागेको हो।
बोर्डले सार्वजनिक गरेको सूचना अनुसार यो वर्ष नर्सिङ, कृषि र इञ्जिनियरिङ विषयका लागि १ सय २० वटा कोटा छुट्याइएको छ। बोर्डले तीन वटै विषयमा ४०/४० जना विद्यार्थीलाई छात्रवृत्ति दिन लागेको हो।
छात्रवृत्ति पाउन विद्यार्थीले कामदारको श्रम स्वीकृतिको प्रतिलिपि, अभिभावकको नागरिकताको प्रतिलिपि, कामदारको मृत्यु दर्ताको प्रमाणपत्र वा अंगभंग/अशक्त भएको सरकारी मान्यताप्राप्त चिकित्सकको प्रमाणपत्रको प्रतिलिपि, नाता प्रमाणित प्रमाणपत्रको प्रतिलिपि र स्थानीय निकायको सिफारिस लगायतका कागजपत्रसहित निवेदन दिनुपर्नेछ।
हेर्नुहोस् सूचना-

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।