काठमाडौं- निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनलाई लक्षित गर्दै सात वटै प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ।
निर्वाचन कार्यतालिका अनुसार आयोगले शनिबार सात वटै प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको हो।
आयोगका प्रवक्ता नवराज ढकालका अनुसार, निर्वाचन अधिकृतको कार्यालयहरु प्रदेशको उच्च अदालत रहेको जिल्लाको सदरमुकाममा स्थापना गरिएको छ।
प्रदेश नम्बर १ को मोरङमा, २ को धनुषामा, प्रदेश ३ को ललितपुरमा, प्रदेश ४ को कास्की, प्रदेश ५ को दाङ, प्रदेश ६ को सुर्खेत र प्रदेश ७ को डोटी जिल्लाको सदरमुकाममा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको आयोगले जनाएको छ।
न्याय परिषद्को सचिवालयबाट प्राप्त नामावली अनुसार सात जना जिल्ला न्यायाधीशलाई आयोगले यसअघि नै निर्वाचन अधिकृतमा नियुक्त गरिसकेको छ।
सम्बन्धित समाचार-
राष्ट्रियसभाका लागि सातै प्रदेशमा मुख्य निर्वाचन अधिकृत तोकिए
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।