काबुल- अफगानिस्तानको सरकारी सुरक्षा निकायले देशभरका विभिन्न ठाउँमा गरेको सुरक्षा कारबाहीमा परी कम्तीमा २६ आतंककारी मारिएका छन्।
गत २४ घन्टाको अवधिमा भएका कारबाहीका क्रममा १६ जना आतंककारी घाइते भएका रक्षा मन्त्रालयले शनिबार जनाएको छ।
अफगानी संयुक्त सुरक्षा फौजले मारिएकामध्ये १३ जना इस्लामिक स्टेट (आइएस) लडाकु रहेका जनाएको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
सुरक्षाकर्मीले हातहतियार र विस्फोटक पदार्थ समेत नष्ट गरिदिएका छन्। (रासस/सिन्ह्वा)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।