• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

परदेशबाट फर्किएर कृषिमा रमाएका दौंतरी 

64x64
नेपाल लाइभ शनिबार, साउन ४, २०७६  ०९:०१
1140x725

काठमाडौं– चारैतिर हरियोपन।  पाक्नै लागेका हरिया गोलभेंडा। मेलो मिलाएर बोटभित्र झार उखेलिरहेका 'कामदार'का दृश्य। 

नागार्जुन नगरपालिकाको रामकोटस्थित सञ्चालित ‘मैत्री मंगलम अर्गानिक कृषि फार्म'को दृश्य हो यो। जहाँ माटोको मौलिक सुगन्ध सजिलै ठम्याउन सकिन्छ। 

हामी पुग्दा यतिबेला गोलभेंडाको सिजन रहेछ। फार्मले ३ दर्जन बढी श्रमिकलाई त रोजगारी नै दिएको रहेछ।

'मनासिब आम्दानी  छ,' काम गरिरहेका एक कामदार मुस्कुराउँदै भन्छन्।

१ सय २८ रोपनी जग्गामा सञ्चालित फार्मका साझेदार हुन् भोजपुरका निरबहादुर राउत र सिन्धुलीका एकबहादुर सिङ्तान। 

'यो त वैदेशिक अनुभवको उपज हो,' सञ्चालकद्वय भन्छन्।

निरबहादुरसँग १४ र एकबहादुरसँग ४ वर्ष लामो वैदेशिक अनुभव छ।

विदेशबाट खुसी खोज्दै स्वदेश फर्किएका यी दुई साझेदारको भेट कसरी भयो? अनि स्वदेशमै लगानीको सोच कहाँबाट पलायो? 

Ncell 2
Ncell 2
nimb
nimb

उनीहरूका व्यावसायिक सफलताका कथाबारे जान्नु थियो। फार्ममा 'अभ्यस्त' मुस्कानका साथ भेटिएका उनीहरूले हामीलाई आफ्ना सुखदु:खका कथा सुनाए।

000  

निरबहादुर ८ कक्षामा पढ्दै थिए। घर छाडेर उनी दाइसँग काठमाडौं आए। 

उनका दाइ रुद्रबहादुर राउत यति ट्राभल्समा काम गर्थे। पढाइको लागि दाइबाट सहयोग थियो। निरबहादुरले काठमाडौंमै आइकमसम्मको अध्ययन गरे।

युएईस्थित आबुधाबीमा उनका एक जना दाजु काम गर्थे। ती दाजुले उनलाई वैदेशिक रोजगारीमा निकै राम्रो कमाइ हुने बताए। 

‘एकपटक विदेश जाऊँ न त,’ निरबहादुरले सोचे। होटललाइनमा राम्रो स्कोप भएकाले उनले होटलसम्बन्धी तालिम पनि लिए। उनले द्वारिका भिलेजमा ६ महिना तालिम लिए। 

त्यसपछि २००१ फेब्रुअरी १ मा उनी वेटर कामका लागि युएई उडे। 

युएईमा उनी पाँचतारे होटल रोयल मेरियनमा काम गर्न थाले। तलब मासिक १ हजार दिराम। ओभर टाइम पनि हुन्थ्यो। वेटरको कामबाट सुरु गरेका निरबहादुर होटलको सुपरभाइजरसम्म बने।  

‘काम राम्रो थियो, कमाइ पनि त्यो बेलाको समयमा राम्रो हो,’ निरबहादुर सम्झन्छन्। युएई र नेपाल-आउने जाने क्रम चलिरहन्थ्यो। 

नेपाल आउने क्रममा बीचमा उनले विवाह पनि गरे। विवाह गरेर पुनः परदेश तानिएका निरबहादुरसँगै केही वर्षपछि उनकी श्रीमती शर्मीलाले आफू पनि श्रीमानसँगै युएई जाने सोच बनाइन्।

त्यतिबेला जेठो छोरो ३ वर्षको थियो, छोरालाई आफन्तकोमा छाडेर शर्मिला भिजिट भिसामा युएई पुगिन्। 

सन् २००८ मा युएई पुगेकी शर्मिला पनि ब्युटी पार्लरमा काम गर्न थालेकी थिइन्। शर्मिला र निरबहादुर युएईमासँगै थिए। तर परिवार र सन्तान टाढा थिए।

युएईमा उनीहरू सुखी त थिए तर खुसी थिएनन्। त्यसैले त पाँचतारे होटलको सुपरभाइजर पद छाडेर आफ्नै माटोमा फर्किने सोच बनाए उनीहरूले। ‘आफ्नै देशमा गएर लगानी गरेर केही गरौं भन्ने सोच पलायो,’ निरबहादुर सुनाउँछन्। 

सन् २०१५ मा फर्किएका निरबहादुर राउतले  ढुंगा खोज्दा देउता भेटेझैं परदेशको जीवन भोगेर देशमै केही गर्ने सोच बनाइ फर्किएका सिन्धुलीका यकबहादुर सिङताङलाई भेटे।                                                      
                                                      000 
एकबहादुर मलेसियामा ४ वर्ष बिताएर फर्किएका हुन्। उनी मलेसियामा प्लम्बरको काम गर्थे। तलब ठीकै थियो। काममा चाहिँ धेरै खट्नुपर्द्थ्यो। २०६१ सालमा मलेसिया पुगेका एकबहादुरको कथा पनि निरबहादुरसँग मिल्दो छ। 

उनी मलेसियामा २ वर्ष प्लम्बर र २ वर्ष कृषिमा काम गरेर फर्किएका हुन्। 

‘मलेसियाको कृषि फार्ममा काम गर्दा सोचेँ, बरु आफ्नै देशमा गएर कृषि फार्म खोल्छु भन्ने सोच आयो,' एकबहादुुरले सुनाए। 

२०६५ सालमा नेपाल फर्किएका उनले जाइका  (जापान अन्तर्राष्ट्रिय सहयोग नियोग) मार्फत ४५ दिने कृषि तालिम लिने अवसर पनि पाए। उनले काठमाडौं नागार्जुन नगरपालिका रामकोटस्थित ४ रोपनी जग्गा भाडामा लिएर १ लाख ७२ हजार लगानीमा कृषि फार्म सुचारु गरे। 

मलेसियाको मजदुरीले सिर्जाएको उनको सपना पूरा भयो। 

एकबहादुरलाई उनका परिवारको राम्रो साथ थियो। श्रीमतीले पनि फार्मको काममा सघाउँथिन्। उनी खुसी थिए। फार्मबाट आम्दानी हुँदै गयो। ‘खटाइ अनुसार आम्दानी पनि एकदम राम्रो थियो,’ उनी आफ्नो खुसी साट्छन्। 

फार्म खोलेको दुई वर्षपछि आफ्नै भान्जाहरूसँगको संयुक्त लगानीमा ५ रोपनीको फार्ममा १० रोपनी जग्गा थप गरी १५ रोपनीको कृषि फार्म सञ्चालन गर्न थाले। फार्म विस्तार गर्दै लगे। 

उनी २७ रोपनी जग्गामा कृषि फार्म सञ्चालन गरिरहेका थिए। यसै समयमा युएईबाट फर्किएका निरबहादुरसँग भेट भएको थियो। ‘निरबहादुरले आफूसँगै मिलेर कृषि फार्म सञ्चालन गर्ने सुनाउनु भयो र साझेदारीमा नयाँ कृषि फार्म सुरु गर्ने निष्कर्षमा पुगियो,’ एकबहादुर भन्छन्। 
एकबहादुरको ७५ लाख र निरबहादुरको ७५ लाख बराबर लगानीमा नागार्जुन रामकोटस्थित ‘मैत्री मंगल अर्गानिक कृषि फार्म’ सञ्चालनमा ल्याए। 

१ सय २८ रोपनी जग्गा भाडामा लिएर सञ्चालनमा ल्याइएको कृषि फार्ममा विदेशमा भन्दा राम्रो कमाइ भइरहेको छ।‘परदेशमा घरपरिवार आफन्तसँग टाढिएर काम गर्नुभन्दा देशमा परिवारसँगै बसेर काम गर्न पाउँदा निकै खुसी छौं,’ एकबहादुर निरबहादुरसँगै उनीहरूका परिवार पनि खुसी छन्। फार्ममा उनीहरूसँगसँगै ४० जना अन्य श्रमिकहरूले पनि रोजगारी पाएका छन्। 

‘परदेशमा अर्काको काम गरेर फर्किएका हामीले ४० जना युवालाई रोजगारी दिएका छौं,’ कामप्रति गर्व गर्दै एकबहादुर भन्छन्। फार्ममा गोलभेँडा, काँक्रो, सिमी, काउली, खुर्सानी लगायतका विभिन्न तरकारीहरू फलाउँछन्। फार्ममा सबैभन्दा बढी गोलभेँडा खेती लगाएका छन्। 

‘मौसम अनुसारका थरिथरिका तरकारी लगाउँछौं,’ निरबहादुरले सुनाए। उनीहरूले फलाएको अर्गानिक तरकारी पोखरा, बर्दिबास, बुटवल, बल्खु, कालीमाटी, लगायतका विभिन्न स्थानसम्म निर्यात हुने गरेको छ। 

‘उत्पादन राम्रो भइरहेको छ तर सोचेजस्तो बजारभाउ पाउन चाहिँ सकिएको छैन,’ निरबहादुर भन्छन्।

यद्यपि, देशको काम बेवास्ता गर्दै विदेशीने युवाहरूको लर्को लागिरहेको अवस्थामा विदेशबाट फर्किएर स्वदेशमै केही गर्ने सोच बनाएका युवाहरूलाई सरकारले सहयोग गर्नुपर्ने उनीहरू बताउँछन्। 

लगानी अनुसारको अनुकूल बजारभाउ पाउन सके रोजगारीको खोजीमा विदेश भौतारिनु नपर्ने उनीहरूको तर्क छ। विदेशबाट फर्कने युवाहरूलाई यी दुई साझेदारको एउटै सुझाव छ, विदेशबाट कमाएको पैसा स्वदेशमै लगानी गर्न सके विदेशमा भन्दा राम्रो कमाइ गर्न सकिन्छ।’ 

प्रकाशित मिति: शनिबार, साउन ४, २०७६  ०९:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आजदेखि नेप्सेमा नियमित कारोबार सञ्चालन हुने
फ्लाई दुबईबाट पोखरा आउने यात्रुलाई होटल र रेष्टुराँमा छुट
विवाहको प्रमाणपत्र छैन ? सर्वोच्चले भन्यो– ‘अन्य प्रमाणबाट पनि नाता पुष्टि हुन सक्छ’
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
आजदेखि नेप्सेमा नियमित कारोबार सञ्चालन हुने मंगलबार, असोज ६, २०८३
फ्लाई दुबईबाट पोखरा आउने यात्रुलाई होटल र रेष्टुराँमा छुट मंगलबार, असोज ६, २०८३
विवाहको प्रमाणपत्र छैन ? सर्वोच्चले भन्यो– ‘अन्य प्रमाणबाट पनि नाता पुष्टि हुन सक्छ’ मंगलबार, असोज ६, २०८३
एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै मंगलबार, असोज ६, २०८३
आज हरिपरिवर्तिनी एकादशी मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्