काठमाडौं- बागमती सफाइ महाअभियानको २४४ औँ हप्तामा आज बागमती र मनहरा दोभान नदी किनारमा सफाइ गरी ६ मेट्रिक टन फोहर व्यवस्थापन गरियो।
सफाइमा अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति, काठमाडौँ महानगरपालिका, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, सुविधानगर महिला समूह, जीवन विज्ञान, मुक्तिनाथ विकास बैंक, नेपाल विज्ञापन संघ लगायत संस्थाका ५ सयभन्दा बढीको सहभागिता रहेको बागमती सफाइ महाअभियानका अभियानकर्मी एवं अधिकार सम्पन्न बागमती एकीकृत विकास समितिकी सञ्चालक समिति सदस्य माला खरेलले बताइन्।
२०७० जेठ ५ गते शनिबारदेखि बागमती सफाइ महाअभियान सुरु भएको हो। तत्कालिन मुख्य सचिव लिलामणि पौडेलको अगुवार्इमा सुरु भएको यो अभियान अहिले देशभर फैलिएको छ। अहिलेसम्म ४२ स्थानमा सफाइ चलिरहेको महाअभियानले जनाएको छ। अभियन्ताहरुले स्वस्फुर्त रुपमा अभियान चलाइरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।