काठमाडौं- वीर अस्पतालअगाडि गएराति बा ६४ प ७२८० नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।
राति सवा २ बजे भएको दुर्घटनामा चालक मोरङ शनिश्चरे नगरपालिकाका ३० वर्षीय सचिन राई र पछाडि सवार काठमाडौं तारकेश्वर ८ का ३० वर्षीय तजुमा तामाङ रहेका छन्। घाइते दुवैको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।