काठमाडौं- साओमी नेपालले यहाँका उपभोक्तालाई लक्षित गर्दै ताम्राकार कम्प्लेक्समा आफ्नो आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ।
साओमीका स्मार्टफोन प्रयोगकर्ताहरुको सुविधालाई ध्यानमा राखेर ताम्राकार कम्प्लेक्सको पाँचौं तल्लामा आफ्नो आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको कम्पनीले जनाएको छ।
साओमी नेपालका कन्ट्री हेड सौरभ कोठारी, साओमीका साउथ एसिया सर्भिस हेड मिन्तेस कुमार, टेली डिरेक्टका सञ्जय अग्रवाल, वत्सल इम्पेक्सका गौरव शारदा, इसिआरसीका सन्जित पौडेललगायतले शुक्रबार सर्भिस सेन्टरको संयुक्तरुपमा उद्घाटन गरे।
सर्भिस सेन्टरले नेपाली सेवाग्राहीहरुलाई साओमीको अन्तर्राष्ट्रिय स्तरको सेवा उपलब्ध गराउने कम्पनीले जनाएको छ।
साओमीको कुनै पनि स्मार्टफोन, एसेसरिजको मर्मत तथा अन्य सेवा सर्भिस सेन्टरमा उपलब्ध हुने बताइएको छ। ग्राहकहरुको चाहनाअनुसार विभिन्न किसिमका एसेसरिज पनि किन्न सकिने सुविधा उपलब्ध रहेको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।