काँकडभिट्टा (झापा)- आगो ताप्दा शरीरका कपडा जलेर एक गृहिणी सख्त घाइते भएकी छिन्।
बुद्धशान्ति–३ की ४५ वर्षीया तारा भट्टराईको कम्मरमुनिको भाग जलेको हो। उनको हाल बिर्तामोडस्थित बिएन्डसी अस्पतालको सघन उपचार कक्षमा उपचार भइरहेको छ।
पारिवारिक स्रोतका अनुसार बिहान नुहाइसकेपछि घरबाहिर बालिएको आगो ताप्ने क्रममा उनको शरीरमा आगो सल्किएको थियो। आगो निभाउने क्रममा परिवारका अन्य तीन सदस्यसमेत सामान्य घाइते भएका छन्।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।