काठमाडौं– शुक्रबार बिहान पुतलीसडकमा एउटा अनौठो किसिमको दुर्घटना भयो। जसमा चालक महिलाले ज्यान गुमाएकी छिन्।
बा.१ ह ४८५२ नम्बरको ट्याम्पोकी चालक झापा महारानी–८ घर भई हाल सामाखुसी बस्ने ४३ वर्षीया तुलसा थापाको सो दुर्घटनामा मृत्यु भएको हो।
महानगरीय प्रहरी वृत्त अनामनगरका डिएसपी अपिल बोहोराका अनुसार न्यूप्लाजास्थित चार्जिङ सेन्टरबाट ब्याक गरेर ट्याम्पो निकाल्ने क्रममा उनले टाउको बाहिर निकालेकी थिइन्। टाउको निकालेर गाडि ब्याक गर्ने क्रममा उनको टाउको सडक छेउमा रहेको फलामको पोलमा ठोक्कियो। सँगै अर्काे काठ पनि भएकाले काठ र फलामको बीचमा उनको टाउको प¥यो। त्यही क्रममा उनले खुट्टाले एक्सिलेटर थिचिइरहन्। जसक्रममा उनको टाउको तानियो। त्यसरी टाउको च्यापिएपछि उनी बेहोस भएकी थिइन्।
उद्धार गरी वीर अस्पताल र्पुयाइएकोमा उनको मृत्यु भएको डिएसपी बोहराले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।