नेपालगन्ज– प्रहरीले सुर्खेतको बुलबुले चौरबाट पाँच वटा भालुको पित्त सहित जुम्ला चन्दननाथका २५ वर्षीय सुकवीर कामीलाई पक्राउ गरेका छन्।
पक्राउ परेका कामीले जुम्लाबाट भालुको पित्त सुर्खेत ल्याएका थिए। अभियुक्त कामीलाई कारबाहीका लागि जिल्ला वन कार्यालय सुर्खेतमा पठाइएको संघीय प्रहरी इकाइ कार्यालय भेरीले जनाएको छ।
भालुको शिकार गर्ने र यसका अंगहरुको अवैध रुपमा ओसारपसार गर्नेहरुलाई वन्य जन्तु संरक्षण ऐन अनुसार कारबाही हुने प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।