• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक ७, २०८३ Sat, Oct 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

कर्णालीबाट अवैध रुपमा बालबालिका ओसारपसार

64x64
नेपाल लाइभ शुक्रबार, पुस २८, २०७४  १९:२७
1140x725

सुर्खेत– गत मंगलवार जुम्लाबाट भारततर्फ लैजाँदै गरिएका २० जना बालकलाई प्रहरीले बीच बाटोबाटै उद्दार गर्यो। जुम्लाबाट नेपालगन्जतर्फ जाँदै गरेको यात्रुवाहक बसमा रहेका ८ देखि १५ वर्ष उमेर समूहका ती बालकलाई प्रहरी चौकी कुडारीले उद्दार गरेर फर्काएको छ।

बालबालिकालाई अवैध रुपमा भारत लैजान लागिएको पाएपछि उनीहरुको उद्दार गरिएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ। बालबालिकालाई भारत लैजाने कुनै आधार नभएको भन्दै प्रहरीले नियन्त्रणमा लिएको प्रहरी निरीक्षक चुडामणि पुनले बताए। बालबालिका लैजाँदै गरेका कर्म तामाङ र छिरिङ तामाङलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको उनले जनाए। 

कर्णालीका विभिन्न जिल्लाबाट यसरी अवैध रुपमा बालबालिका ओसारपसार हुने गरेको यो पछिल्लो उदाहरण मात्रै हो। यसअघि पनि पटक–पटक प्रहरीले सुर्खेत, नेपालगन्ज र राजधानी काठमाडौंबाट समेत बालबालिकाको उद्दार गर्दै आएको छ। प्रहरीका साथै महिला तथा बालबालिका कार्यालयको तथ्यांक अनुसार हरेक वर्ष कर्णालीबाट गैरकानुनी रुपमा बालबालिका ओसारपसार हुने गरेको छ।

अभिभावक फकाएर अवैध धन्दा

प्रहरी निरीक्षक पुनका अनुसार मंगलबार पक्राउ परेका बालकहरुलाई तिनका अभिभावकले नै तामाङद्वयको साथमा पठाएका थिए। लामा भाषा सिकाइदिने भन्दै उनीहरुले भारतको हिमाञ्चल प्रदेशतर्फ लैजान लागेको उनीहरुको बयानबाट खुलेको छ। 

‘अभिभावकलाई ढुक्क बनाएर लामा भाषा पढाएर पठाइदिने भन्दै लैजान लागिएको रहेछ,’ पुनले भने, ‘तर, अभिभावकलाई फकाए पनि बालबालिकालाई कानुनी रुपमा नभई अवैध रुपमा लैजान खोजेको देखियो।’

उनीहरुले अभिभावकलाई कतिसम्म विश्वास दिलाएका रहेछन् भने ती बालकका अभिभावकले बाटो खर्चबापत केही रकम समेत दिएर बालबालिका पठाएका रहेछन्।

उद्दार गरिएका बालबालिकाका अभिभावकलाई बोलाएर अवैध रुपमा भारत लैजाँदै गरेको बारेमा जानकारी गराउँदा अभिभावकले नै बालबालिका बुझ्न मानेनन्। प्रहरीले बालबालिका भारत लैजाने कुनै पनि आधार नभएकाले यो अवैधानिक हुने बताउँदा पनि अभिभावकले भने आफूहरुले सहमतिमै बालबालिका पठाएको बताएका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

विभिन्न प्रलोभनमा पारेर कर्णालीका जिल्लाबाट बर्सेनि बालबालिका ओसारपसार हुँदै आएका छन्। आर्थिक अभावबाट गुज्रिरहेका अभिभावकले आफ्ना छोराछोरी सहरी क्षेत्र वा भारतमा गएर पढ्न पाउने लोभमा बालबालिकालाई अवैध रुपमा अरुको जिम्मा लगाइदिने गरेका छन्।

प्रहरीसँग भएको गत आर्थिक वर्षको तथ्यांकलाई हेर्दा राजधानीकै बालगृहबाट कर्णालीका मात्रै ४५ जना बालबालिका उद्दार गरी अभिभावकको जिम्मा लगाइएको छ।

त्यसमा केहीका आमा वा बाबुमध्ये एक मात्र भएको र केही राजधानीका महँगा स्कुलमा छोराछोरी पढाउने लोभमा सिफारिसबिनै लगिएको पाइएको थियो। 

कालीकोटबाट मात्रै गत आर्थिक वर्षमा २७ जना बालबालिका उद्दार गरी परिवारलाई फिर्ता गराइएको छ। ती सबैलाई गैरकानुनी तरिकाले राजधानीका अवैध बालगृहमा श्रम गरेर बसिरहेको अवस्थामा उद्दार गरी अभिभावकको जिम्मा लगाइएको हो। आर्थिक अभाव भएका अभिभावकलाई फकाएर पढाउने नाममा अवैध रूपमा बालबालिका तस्करी हुने गरेको प्रहरीको भनाइ छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

यस्तै डोल्पाबाट काठमाडौं लैजाँदै गरिएका २८ जना बालबालिकालाई सुर्खेत प्रहरीले उद्दार गरी अभिभावकको जिम्मा लगाएको थियो। बालबालिकाको उद्दार गरी पुनःस्थापनामा सहयोग गर्दै आएका हिमाली नविन समाजका वरिष्ठ पुनर्मिलन अधिकृत सुरेन्द्र लामा कर्णालीबाट प्रत्येक वर्ष ठूलो संख्यामा बालबालिका राजधानीका अवैध बालगृहमा पुग्ने गरेको बताउँछन्। जानकारीमा आएका बालबालिकाको उद्दार भए पनि अझै ठूलो संख्यामा बालबालिका सम्पर्कविहीन भएको उनको भनाइ छ।

कमजोर आर्थिक अवस्था भएका अभिभावकलाई विभिन्न प्रलोभन देखाएर बालबालिका ओसार्ने अवैध धन्दा चल्ने गरेको लामाले बताए। उनले यसरी पढाइदिने नाममा लगिएका कतिपय बालबालिकालाई सहरी क्षेत्रमा श्रममा लगाउने गरिएको र कतिपय बालबालिकालाई भारतसहित अन्य तेस्रो मुलुकमा समेत पुर्याउने गरिएको बताए। 

प्रकाशित मिति: शुक्रबार, पुस २८, २०७४  १९:२७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु
रवि कैंची धाम पुगेको सेल्फी
जलजायु कोषवाट तीन अर्बको अनुदान निर्णयसंगै परियोजना तयार पार्न जुट्यो नेपाल सरकार
सम्बन्धित सामग्री
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम दशैँमा विभिन्न मासुका परिकार, अण्डा, दूध–दही, मिठाइ, फलफूल, च्याउ, पनिर, आइसक्रिम, केक इत्यादि तयार गरिन्छ। अनि बिदामा रमाइलो गर्नुप... बुधबार, कात्तिक ४, २०८३
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयद्वारा राष्ट्रिय महिला सशक्तीकरण परियोजनाअन्तर्गत सञ्चालित... मंगलबार, कात्तिक ३, २०८३
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह कुनै समय नेपाल आउने अधिकांश पर्यटक काठमाडौंका ऐतिहासिक सम्पदा अवलोकन गरेर फर्किन्थे । हनुमानढोका, पाटन दरबार क्षेत्र र भक्तपुर दरबार... शनिबार, असोज ३१, २०८३
ताजा समाचारसबै
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
जलजायु कोषवाट तीन अर्बको अनुदान निर्णयसंगै परियोजना तयार पार्न जुट्यो नेपाल सरकार शुक्रबार, कात्तिक ६, २०८३
प्रधानमन्त्त्री बालेन शाहको भारत भ्रमण यही वर्षको अन्त्यतिर हुने अर्थमन्त्री बाग्लेको दावी शुक्रबार, कात्तिक ६, २०८३
दिल्लीमा भारतका प्रधानमन्त्री मोदीसँग अर्थमन्त्री वाग्लेको भेट शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
हरिशरणले सिकाए रविलाई राजनीति ! बिहीबार, कात्तिक ५, २०८३
नेपाली मूलका व्यक्तिलाई पिएनओ परिचयपत्र दिन माग बिहीबार, कात्तिक ५, २०८३
साउदीमा नेपालीको मृत्युमा कांग्रेसद्वारा दुःख व्यक्त, सुरक्षाको माग शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्