काठमाडौं– तीन साताअघि पक्राउ परेका यातायात व्यवस्था कार्यालय,एकान्तकुनाका कर्मचारीविरुद्ध शुक्रबार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नासु ईश्वरराज गौतमविरुद्ध बिशेष अदालतमा मुद्दा दायर गरेको हो।
उनलाई ५० हजार घुससहित आयोगको टोलीले पक्राउ गरेको थियो। भूकम्पपीडितको ट्याक्सी दर्ताका लागि उनले घुस लिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।