काठमाडौं– बिहिबार बेलुका ललितपुरमा गाडिको ठक्करबाट बालकको मृत्यु भएको छ।
धादिङको थाक्रे घर कुुमार थापाले चलाएको बा.४ ख ६५७१ नम्बरको पानी ट्याङ्करको ठक्करबाट किर्तिपुर नगरपालिका–१० सुन्दरीघाटस्थित सडकमा ललितपुरको भलपोखरी घर भएका राजेश राईको ३ वर्षीय छोरा उत्सव राईको मृत्यु भएको हो । ठक्कर दिने सवारी साधन र चाकललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बिहिबार नै ललितपुरमा गाडिको ठक्करबाट एक व्यक्ति घाइते भर्एका छन्।
बा ९ च ६०९२ नम्बरको कारको ठक्करबाट पैदलयात्री, स्थानीय ५६ वर्षीय जीवनलाल श्रेष्ठ घाइते भएका हुन्। ठक्कर दिने गाडिलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।