• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक ९, २०८३ Mon, Oct 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

निजामति कर्मचारीलाई कामअनुसारको तालिम अनिवार्य गर्न सांसदहरूको प्रस्ताव

तालिम र गोष्ठी होटेलमा गर्न नपाउने कानून बनाउन जोड
64x64
नेपाल लाइभ बिहीबार, साउन २, २०७६  १८:२८
1140x725

फाइल तस्बिर


काठमाडौं- सांसदले सुशासन र जनसेवाको भावना जगाउन कर्मचारीलाई तालिम अनिवार्य गर्नुपर्ने बाएका छन्। प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्ने सांसदले यस्तो प्रस्ताव गरेका हुन्। 

संङ्घीय निजामति सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि छलफल गर्दै सांसदहरुले निजामति कर्मचारीहरुको व्यवहार, आचरण र कार्यक्षमतामाथि समेत प्रश्न गरेका छन्। हरेक आर्थिक वर्षको सुरुवातमा कम्तीमा ७ दिने श्रेणी अनुसारका काम, कर्तव्य र व्यवहारका विषयमा तालिम लिनुपर्ने व्यवस्था गर्न प्रस्ताव गरेका छन्।

विधेयकमा रहेका निजामति कर्मचारीलाई ‘तालिम, अध्ययन र छात्रवृत्ति’ सम्बन्धि व्यवस्थामाथि छलफल गर्दै सांसदहरुले कर्मचारीलाई सेवाभाव, सुशासन र नयाँ व्यवस्थाको ‘स्प्रिड’ बुझ्न तालिमको व्यवस्था गर्नुपर्ने बताएका हुन्। 

सांसद पम्फा भूषालले भनिन्, ‘खरदारमा जागिर सुरु गरेको एक मान्छेको काठमाडौंमा घर हुन्छ। नेपाल सरकार सचिव सबैको काठमाडौंमा घर छ। राष्ट्रपतिको तलबले समेत काठमाडौंमा चारआना जग्गा किन्न सकिँदैन। तर, जम्मैका घर बनेका छन्।’ घरघडेरीका अलवा महंगा बोर्डिङमा सन्तान पढाउनुका साथै पदीय हैसियतको दुरुपयोग गरेर अन्तर्राष्ट्रिय छात्रवृत्तिमा समेत सन्तानलाई पढाउने गरेको उल्लेख गरिन्। 

आफूहरु कर्मचारीको तलब सुविधा ३ देखि ५ प्रतिशतसम्म वृद्धिको पक्षमा रहेको बताइन् उनले। तर, कर्मचारीहरु ‘लर्डस् साहेब’ बन्न नपाउने उनको शर्त थियो। 

उनले भनिन्, ‘पानी पुर्‍याइदिने एक, गाडी चलाइदिने अर्को, टिप्पणी लेखिदिने अर्कै, कम्प्युटर चलाइदिने अर्कै गरेर एक कर्मचारीका पाँच एसिस्टेन्ट हुन्छन्। ‘स्मार्ट ओएनएम’ गरेर आउँदा हामी सेवासुविधा बढाउन तयार छौं।’

सार्वजनिक संस्थाहरुको अधोगतिका समाचार निरन्तर सुनिन थालेको बताउँदै तिनलाई बलियो बनाउन तालिम र प्रशिक्षण जरुरी रहेको सांसद जनाद्र्धन शर्माको धारणा थियो। ‘नयाँ संविधान बनेपछि सचिवहरुसम्मलाई तालिम दिनुपर्ने, उच्चस्तरका ओरियन्टेसन गर्नुपर्ने त्यो भएन। त्यसको परिणाम अहिले देखिन थालेको छ। जुन गति लिन लिनुपर्ने त्यो देखिएको छैन। कानूनमा पनि पुराना कुरा जे थिए, तिनै लेख्ने गरेको देखियो।’

Ncell 2
Ncell 2
nimb
nimb

नयाँ परिस्थितिअनुसारको बुझाइ निर्माण गर्न तालिम दिनु जरुरी रहेको उनले बताए। उनले भने, ‘लोक सेवाका लागि घोकेर लेख्ने क्षमता मात्रै हुन्छ। उनीहरुलाई काम गर्ने क्षमता निर्माण गर्न तालिमको व्यवस्था अनिवार्य गरौं।’

नेपाली कांग्रेसका सांसद अमरेश सिंहले कर्मचारीहरु  अनावश्यक विदेश भ्रमणमा जाने गरेको भन्दै रोक्नुपर्ने बताए। उनले भने, ‘विदेशमा ऐशआराम गर्न जाने हो। नेताहरु पनि विदेश भ्रमणमा जाने गरेका छन्। केही सिकेका छन्?’

यसैगरी ठूला होटेलहरुमा तालिम गोष्ठि गरेर सिपज्ञान सिक्ने भन्दा पनि अनावश्यक खर्च गर्ने परिपाटी देखिएको भन्दै कानूनमार्फत नियन्त्रण गर्न जरुरी रहेको धारणा राखे। उनको धारणामा अन्य सांसदहरुले समेत सहमति जनाएका छन्। उनले भने, ‘सरकारकै स्टाफ कलेजमा यस्ता कार्यक्रम गर्नुपर्छ। बरु स्टाफ कलेजहरुलाई राम्रो बनाउनुपर्छ। तर होटेलमा तालिम गोष्ठि गर्न नपाउने कानुन बनाउनुपर्छ।’

अर्का सांसद झपट रावलले कर्मचारीमा रहेको रातारात धनी हुने र घरजग्गा जोड्ने सोच तोड्न जरुरी रहको बताए। उनले सुशासनका लागि प्रेरित गर्ने तालिम दिएर सोच बदल्न आवश्यक रहेका औंल्याए। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

यसैगरी सांसद प्रेम सुवालले भ्रष्टाचार व्याप्त रहेको भन्दै यसलाई रोक्न कर्मचारीलाई तालिम जरुरी रहेको बताए। उक्त तालिममा समाजवाद र संविधानबारे पनि शिक्षा दिनुपर्ने उल्लेख गरे।

सांसद देवेन्द्र कँडेले कर्मचारीमा अनुशासनहीनता बढ्दै गएको भन्दै व्यवहार परिवर्तनको तालिम जरुरी रहेको बताए। उनले भने, ‘सचिवको निर्णय चित्त बुझेन भने तल्ला तहका कर्मचारीले ठटाइहाल्छन्। सेवाग्राहीलाई कार्यालयमा गर्ने व्यवहार पनि एकदमै खराब छ।’

संघीय मामिला तथा सामान्य प्रशासन सचिव यादव कोइरालाले तालिम दिइने भएपनि त्यो आवश्यकताका आधारमा नरहेको प्रष्ट पारे। उनले भने, ‘कर्मचारीहरु काठमाडौं आउनुपर्‍यो भने तालिममा हालिनदिनु प¥यो भन्छन्। बढुवा क्रममा तालिमको नम्बर जोडिन्छ भनेर बढुवाको मुखमा तालिम माग्ने प्रचलन छ। माननीयज्युहरुले कामका लागि तालिम जरुरी रहेको कुरामा म सहमत छु।’

अहिले सरकारी सेवामा आउने कर्मचारीमा कमाउने मानसिकता हावी हुँदै गएकोमा उनी पनि चिन्तित देखिए। उनले आफ्नो अनुभव सुनाए, ‘भर्खरै शाखा अधिकृत पास गरेको एकजना केटो मलाई भेट्न आएर सोध्यो– कुन कार्यालय राम्रो छ? मैले उसको आशय बुझें र भनें- बैंकतिर जाउ। राम्रा कार्पेट र कुर्सी हुन्छन्। मैले तुरुन्तै कोठाबाट निकालें।’ उनले भने, 'मुलुक बनेपछि हामी आफैं बन्छौं भन्ने कुराको महशुस गराउनुपर्ने तालिम जरुरी छ।'

प्रकाशित मिति: बिहीबार, साउन २, २०७६  १८:२८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मलेसियालाई सरकारको प्नस्ताव : श्रमिक भर्ना प्रक्रियाबारे नेपाल–मलेसिया संयुक्त कार्यदलको बैठक काठमाडौंमा गराै
चक्रवात ‘अर्नब’ शक्तिशाली हुने भन्दै तीन दिन उच्च सतर्कता अपनाउन सरकारको आग्रह
नेपाली सेनाले किन गर्दैछ भूतपूर्व सैनिक सम्मेलन?
सम्बन्धित सामग्री
संसदमा ३६ विधेयक विचाराधीन, अधिवेशन अन्त्यपछि थपिए नयाँ ६ विधेयक संघीय संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाका समितिमा विचाराधीन विधेयकको सङ्ख्या २४ छ। राष्ट्रिय सभाका समितिमा भने कुनै पनि विधेयक विच... सोमबार, कात्तिक ९, २०८३
मलेसियालाई सरकारको प्नस्ताव : श्रमिक भर्ना प्रक्रियाबारे नेपाल–मलेसिया संयुक्त कार्यदलको बैठक काठमाडौंमा गराै सोमबार, कात्तिक ९, २०८३
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार प्रधानमन्त्री बालेन निजामती सेवामा तत्कालै ३० वर्ष सेवा अवधि र ५५ वर्ष उमेरको प्रावधान लागू गरेर कर्मचारीतन्त्रका माथिल्ला तहका अधिक... सोमबार, कात्तिक ९, २०८३
ताजा समाचारसबै
संसदमा ३६ विधेयक विचाराधीन, अधिवेशन अन्त्यपछि थपिए नयाँ ६ विधेयक सोमबार, कात्तिक ९, २०८३
मलेसियालाई सरकारको प्नस्ताव : श्रमिक भर्ना प्रक्रियाबारे नेपाल–मलेसिया संयुक्त कार्यदलको बैठक काठमाडौंमा गराै सोमबार, कात्तिक ९, २०८३
चक्रवात ‘अर्नब’ शक्तिशाली हुने भन्दै तीन दिन उच्च सतर्कता अपनाउन सरकारको आग्रह सोमबार, कात्तिक ९, २०८३
नेपाली सेनाले किन गर्दैछ भूतपूर्व सैनिक सम्मेलन? सोमबार, कात्तिक ९, २०८३
आशिफ शेख र डी आर्सी सर्टको अर्धशतकीय साझेदारीमा लुम्बिनीको विजयी सुरुआत, सुदूरपश्चिम सात विकेटले पराजित सोमबार, कात्तिक ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
कहाँ छन् रवि लामिछाने? आइतबार, कात्तिक ८, २०८३
तोलामा ११ हजार ७ सय रुपैयाँ घट्यो सुन आइतबार, कात्तिक ८, २०८३
भोजपुरबाट चतरा आउँदै गरेको जेटबोट सप्तकोशी नदीमा दुर्घटनाग्रस्त, तीनको मृत्यु आइतबार, कात्तिक ८, २०८३
खगेन्द्रले स्वीकार गरेनन् विवादित अडियो : थप प्रमाण खोज्दै रास्वपा, अडियो परीक्षणको तयारी आइतबार, कात्तिक ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्