काठमाडौं– श्रम कार्यालय ताहाचलका नायब सुब्बा नगेन्द्रप्रसाद गौतम घुस लिँदा लिँदै पक्राउ परेका छन्। उनलाई बालाजुको एक रेस्टुरेन्टबाट अख्तियार अनुसन्धान दुरुपयोग आयोगको टोलीले २ लाख ३४ हजार रुपैयाँ घुस लिँदै गर्दा पक्राउ गरेको हो।
गौतमले तीनजनालाई श्रम स्वीकृति दिलाउनेदेखि एअरपोर्टमो सेटिङ मिलाएर कतार उडाउनेसम्मको जिम्मा लिँदै उक्त रकम लिएका थिए। पूर्व सूचना अनुसार प्रहरी, पत्रकारसहित पुगेको अख्तियारको टोलीले उनलाई नियन्त्रणमा लिएको हो। उनी श्रम कार्यालयको कतार शाखामा रहेर कम गर्दै आएको बुझिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।