बाजुरा- बडीमालिका नगरपालिका प्रमुख पदम बडुवालले नगरको आर्थिक विकासका लागि भएका स्रोतसाधनको प्रयोग गर्ने बताएका छन्।
नगरपालिकाको विकासका लागि पाँच वर्ष नगरवासीका लागि नै खर्चने भन्दै उनले आगामी दिनमा सहकारी र विद्युत् नै आर्थिक समृद्धिको आधार हुने बताए।
नगरवासीले नियमित विद्युत् प्रयोग गर्न नपाएका कारण आगामी दिनमा विद्युत् उत्पादन गर्ने संस्थासँग सहकार्य गरी ५ सय मेगावाटको विद्युत् निर्माणका लागि पहल गर्ने उनले प्रतिबद्धता जनाएका छन्। ऐसावादी बचत तथा ऋण सहकारी संस्थाको १०औँ वार्षिक साधारणसभा कार्यक्रममा उनले कृषि व्यवसायको आधुनिकीकरणमा जोड दिए।
माघ १५ वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र डोटी र विश्व बैंकको एक टोली बडीमालिका नगरपालिका–६, कोर्धमा रहेको कोर्धालीगाड लघुजलविद्युत्को अनुगमनमा आउने उनले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।