खिँचापोखरीबाट काठमाडौं मलमा सर्‍यो कर कार्यालय

नेपाल लाइभ | २०७६ श्रावण २ बिहीबार | Thursday, July 18, 2019 १४:१८:०० मा प्रकाशित

काठमाडौं- आन्तरिक राजस्व कार्यालय, न्युरोड स्थानान्तरण भएको छ। न्युरोडस्थित खिँचापोखरीबाट कर कार्यालय सुन्धारामा रहेको काठमाडौं मलमा स्थानान्तरण गरिएको छ।

स्थानान्तरण भएको कार्यालयबाट सेवा दिन सुरु गरिसकिएको कर कार्यालयले जनाएको छ।

आन्तरिक राजस्व विभागले प्रकाशन गरेको सूचनाअनुसार कार्यालयले सुन्धाराबाट सेवा प्रवाह गर्न थालिसकेको छ।

उपसचिव डा रामप्रसाद मैनालीको नेतृत्वमा कर कार्यालय सञ्चालित छ।