काठमाडौं- मन्त्रिपरिषद् बैठक केहीबेरमा सिंहदरबारमा बस्ने भएको छ।
महिला बालबालिका तथा समाज कल्याणमन्त्री विक्रमबहादुर थापाका अनुसार बैठकले प्रदेश प्रमुख र प्रदेशको अस्थायी राजधानीबारे निर्णय गर्ने तयारी छ।
'प्रदेश प्रमुख र प्रदेशको राजधानीबारे छलफल र निर्णय हुन्छ', मन्त्री थापाले भने, 'सरकारले यस विषयमा निकास दिनुपर्ने बाध्यता छ, त्यसैले पनि निर्णय हुन्छ।'
वाम गठबन्धनका माओवादी र एमालेले प्रदेश प्रमुख र राजधानी तोक्ने जिम्मेवारी सरकारको भएको भन्दै त्यसमा बाधा नगर्ने बताइसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।