काठमाडौं– आजबाट साउन महिना सुरु भएको छ। महिलाहरूको विशेष महिनाको रुपमा यस महिनालाई लिन सकिन्छ। श्रावणमा महिलाहरूलाई रातो सारी, चुरा, मेहेन्दी र धागो पोतेले सजिएको देख्न सकिन्छ। महिनाको पहिलो दिन नै असनको इन्द्रचोक रंगिन देखिएको छ। कपडा तथा धागो पसलहरूमा महिलाहरूको आवतजावत बाक्लिएको छ। हातमा मेहेन्दी लगाएर खुसी साटिरहेका महिलाहरू देख्दा लाग्छ इन्द्रचोक नै हाँसिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।