काठमाडौं– निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनको लागि मुख्य निर्वाचन अधिकृत तोकेको छ।
आयोगले प्रत्येक प्रदेशमा १/१ जना गरी ७ जना निर्वाचन अधिकृत तोकेको हो। आयोगले जिल्ला न्यायाधीशहरुलाई निर्वाचन अधिकृतका रुपमा नियुक्त गरेको हो। आयोगले न्याय परिषद् सचिवालयले सिफारिस गरेका जिल्ला न्यायाधीशहरुलाई निर्वाचन अधिकृतमा नियुक्त गरेको हो।
आयोगले १ नम्बर प्रदेशमा राजुकुमार खतिवडा, प्रदेश २ मा राधाकृष्ण उप्रेती, प्रदेश ३ मा बालकुमुन्द दवाडी, प्रदेश ४ मा दीपेन्द्र अधिकारी, प्रदेश ५ मा हेमन्त रावल, प्रदेश ६ जयानन्द पनेरु र प्रदेश ७ मा नरनारायण पौडेललाई तोकेको छ।
निर्वाचन अधिकृतको कार्यालय भने पुस २९ गते स्थापना गर्ने आयोगले जनाएको छ। कार्यालय सम्बन्धित प्रदेशको उच्च अदालत रहेको जिल्लाको सदरमुकाममा स्थापना गरिनेछ।
कुन प्रदेशमा मुख्य निर्वाचन अधिकृत को?
प्रदेश १ – मोरङका जिल्ला न्यायाधीश राजुकुमार खतिवडा
प्रदेश २ – धनुषाका जिल्ला न्यायाधीश राधाकृष्ण उप्रेती
प्रदेश ३ – ललितपुरका जिल्ला न्यायाधीश बालकुमुन्द दवाडी
प्रदेश ४ – कास्कीका जिल्ला न्यायाधीश दीपेन्द्र अधिकारी
प्रदेश ५ – दाङका जिल्ला न्यायाधीश हेमन्त रावल
प्रदेश ६ – सुर्खेतका जिल्ला न्यायाधीश जयानन्द पनेरु
प्रदेश ७ – डोटीका जिल्ला न्यायाधीश नरनारायण पौडेल
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।