धनुषा– माओवादी केन्द्रका नेता मातृका यादवले धनुषाका शीतलहर प्रभावितलाई कम्बल वितरण गरेका छन्।
धनुषा क्षेत्र १ बाट सांसद समेत रहेका यादवले लगातारको शीतलहरले तराई मधेसको जनजीवन कष्टकर बनेपछि जिल्लामा कम्बल र न्यानो कपडा बाँडेका हुन्। यादवले बुधबार सबैला नगरपालिको वडा नम्बर ४ स्थित बाल्टिया गाउँका शीतलहर पीडितलाई न्यानो कम्बल वितरण गरे।
अति पिछडिएका सदा र डोम समुदायको बस्ती रहेको सो गाउँको ९० घरधुरीका शीतलहर पीडितलाई प्रतिघर दुई/दुई थानका दरले कम्बल वितरण गरिएको थियो।
जिल्लामा पत्रकारसँग कुरा गर्दै नेता यादवले आफूले कुनै विशेष काम गरेको नभई जनप्रतिनिधिको भूमिका मात्र निर्वाह गरेको बताए।
मधेसमा शीतलहरबाट धेरै गाउँ प्रभावित रहेको भन्दै यादवले पीडितलाई चाँडै राहत उपलब्ध गराउन पहल गरिरहेको जानकारी समेत दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।