काठमाडौं– केही दिनअघि आएको अविरल वर्षाका कारण पुगेको क्षतिको अवलोकन गर्न गृहमन्त्री रामबहादुर थापासहित मन्त्रीहरुको एक टोली प्रदेश २ पुगेको छ।
बाढी तथा डुबानले पुर्याएको क्षति, राहत तथा उद्धारको अवस्थाबारे बुझ्न तराई झरेको टोली अहिले रौतहटमा स्थलगत अवलोकनमा छ।
टोलीमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, गृहमन्त्री रामबहादुर थापा बादल, उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव, भौतिक योजना तथा यातायात व्यवस्था मन्त्री रघुवीर महासेठ, ऊर्जामन्त्री वर्षमान पुन, कृषि राज्यमन्त्री रामकुमारी चौधरी, विकास समिति सभापति कल्याणी खड्का, रौतहटका सांसद प्रभु साह लगायत छन्।
टोलीले बाढी तथा डुबानले पुर्याएको क्षति अवलोकन गर्दै राहत र उद्धारको अवस्था बुझ्नेछ।
रौतहट पुगेका गृहमन्त्री बादलले स्थानीय बासिन्दासँग उद्दारको काम सम्पन्न भइसकेकाले अब राहत र पुनर्निर्माणको काम सुरु हुने बताए। ‘उद्धार र राहतको काम कसरी भइरहेको छ भन्ने निरीक्षणमा आएका छौं,’ गृहमन्त्री थापाले भने, ‘पुनर्निर्माणको प्रक्रियालाई अब हामी छिट्टै अगाडि बढाउँछौं।’
अब बन्ने नयाँ संरचना कमभन्दा कम क्षति होस् भन्नेमा केन्द्रित हुने उनले बताए।
टोलीले हेलिकोप्टरबाट लिएको रौतहटको तस्बिर-
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।