काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले युवाका सवालमा सरकार प्रतिबद्ध रहेको बताएका छन्।
जावलाखेलको स्टाफ कलेजमा भएको नमुना युवा संसदको अभ्यास कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, 'युवाको सहभागितामा समृद्धिको जग हाल्न सरकार लागिपरोरहेको छ।'
कार्यक्रममा युवा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिको थियो। युवा संसदको नीति तथा कार्यक्रममा उठेका सवालमा युवा प्रधानमन्त्री सन्जिप न्यौपानेले सम्बोधन गरेका थिए। युवा संसदमा युवालाई उद्यमशील र उत्पादनसँग जोड्दै समृद्धिको यात्रामा लाग्न युवा सरकार लाग्ने प्रतिबद्धता न्यौपानेले व्यक्त गरे।
असार २६ देखि सुरु भएको संसदीय अभ्यासमा पूर्व सभामुख सुवास चन्द्र नेम्वाङ, प्रतिनिधि सभाका सदस्य महेस बस्नेत, राष्ट्रिय सभाका सांसद बद्री पाण्डे, युवा अभियन्ता एवम् पहिलो युवा सरकारका युवा प्रधानमन्त्री अशोक खनाल, संसद सचिवालयका पूर्व सचिव बिरेन्द्र बहादुर कार्की, सामाजिक अभियन्ता रमेश पौडेल लगायतले प्रशिक्षण दिएका थिए।
प्रधानमन्त्रीको उपस्थितिमा गरिएको युवा संसदको अभ्यास गरिएको थियो। संसदीय अभ्यासबाट युवा प्रधानमन्त्रीमा न्यौपाने निर्वाचित भएका हुन्। त्यसैगरी गृहमन्त्रीमा विष्णु पोखरेल, परराष्ट्रमन्त्रीमा समुन्द्र तिमिल्सिना, स्वास्थ्य मन्त्रीमा दुर्गा आचार्य, शिक्षा मन्त्रीमा दिनेश कार्की र प्रतिपक्ष दलको नेतामा झापाका सरोज ढकाल निर्वाचित भएका थिए।
देशभरिबाट वडा युवा क्लब, नगर सञ्जाल, प्रदेश युवा सञ्जालको समिति र नमुना युवा संसद अभ्यास गर्दै संघीय स्तरसम्म गरिएको हो।
कार्यक्रममा ८० जना युवाहरूको सहभागिता थियो।
युवाहरूको विशेष भेलाले २ वर्षको लागि ११ सदस्यीय सञ्जाल निर्माण गर्दै विवेक त्रिपाठीलाई राष्ट्रिय युवा सञ्जालको अध्यक्षमा सर्वसंवत् निर्वाचित गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।