काठमाडौं- देशभरका नर्सहरु अन्दोलित भएका छन्। घोषित आन्दोलन तालिका अनुसार बिहीबार पनि हातमा कालोपट्टी बाँधेर उनीहरुले सेवा दिइरहेको नर्स दुर्गा सापकोटाले जानकारी दिइन्। नेपाल नर्सिङ संघको आह्वानमा देशभरिका नर्सहरु आन्देलित भएका हुन्।
११ बुँदे मागसहित आन्दोलनमा रहेका उनीहले आजसम्म माग पूरा नभए भोलिदेखि ३० गतेसम्म सबै अस्पताल र शैक्षिक संस्थामा बिहान १० देखि ११ बजेसम्म ड्युटी छाड्ने निर्णय गरेका छन् ।
उक्त अवधिमा माग पूरा नभए माघ १,२ र ३ गते १० देखि १ अर्थात् ३ घन्टा ड्युटी छाड्ने घोषणा गरेका छन्। त्यसैगरी ४, ५ र ६ गते सबै अस्पताल र शैक्षिक संस्थामा ८ देखि ४ बजेको सिफ्टमै ड्युटी नजाने र अझै माग पूरा नभए माघ ७ गते २४ घन्टा नै ड्युटी छाडेर स्वास्थ्य मन्त्रालयमा धर्ना दिने भएका छन् ।
उनीहरुले मानव अंग प्रत्यारोपण केन्द्रबाट निष्कासन गरिएका नर्सिङ कर्मचारीहरुलाई बिनासर्त अविलम्ब पुनर्बहाली, अधिकारसहितको नर्सिङ सेवा महाशाखा पुनर्स्थापना, जनतालाई गुणस्तरीय नर्सिङ सेवा दिनका लागि नेपाल सरकारले बनाएको 'नर्स बिरामीको अनुपात' सबै अस्पतालमा यथाशीघ्र लागू लगायत ११ वटा माग राखेर उनीहरु आन्दोलनरत छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।