काठमाडौँ- धनकुटालाई प्रदेश नं १ को राजधानी बनाउनुपर्ने माग गर्दै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा धर्ना आज दिइएको छ।
हरेक हिसाबले राजधानीका लागि धनकुटा नै उपयुक्त हुने भन्दै धनकुटाका प्रदेश सांसद, नागरिक अगुवा र व्यवसायीलगायतले आज बिहान ९ देखि १०:३० बजेसम्म धर्ना दिएका हुन्।
धनकुटालाई प्रदेश राजधानी बनाउनुपर्ने माग गर्दै धनकुटावासीले यसअघि देखि नै जिल्लामा समेत आन्दोलन गर्दै आएका छन्। नेकपा एमाले धनकुटाका सचिव सुरेन्द्र पौडेलले भूगोल र संरचनागत हिसाबले राजधानीका लागि धनकुटा नै उपयुक्त हुने दाबी गरे।
उता धनकुटालाई प्रदेशको राजधानी तोक्न माग गर्दै धनकुटावासीले बिहीबार पुनः जिल्ला बन्द आह्वान गरेका छन्। आमहडताल स्थगित गरी शान्तिपूर्ण कार्यक्रम गर्दै आएका धनकुटावासीले आज जिल्ला बन्द गराएका हुन्।
बन्दका कारण कोसी राजमार्गसहित हिले–भोजपुर, बसन्तपुर–म्याङलुङ सडक पूर्णरुपमा ठप्प छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।