• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

६ वर्ष कुवेत बस्दा हराएको अमृतको खुसी काठमाडौंमा काष्ठकलाले फर्कायो

64x64
नेपाल लाइभ शनिबार, साउन ४, २०७६  १२:४०
1140x725

काठमाडौं– निधारभरि चिट्चिट् पसिना। 

पसिनालाई बेवास्ता गर्दै कामसँगै रमाइरहेका हुन्छन् उनी। बिहान ८ बजे कालोपुलस्थित जेपी प्रतिष्ठानमा आउँछन्। र सधैं यसरी नै काममा लागिरहन्छन्। 

यो सर्लाहीका अमृत लामाको दैनिकी हो।

उमेर-३३ वर्ष। पेसा-काष्ठकला। सपाट काठमा छिनो राखी कुन्जोले टुक्टुक्याइरहेका थिए उनी।

'कतिबेला बिसाउनुहुन्छ?'

‘काम नै यस्तो छ, बिसाए पनि नबिसाए पनि आज यति त सक्नैपर्छ,’ टुकटुक आवाजसँगै ध्वनिमिश्रित स्वरमा उनी भन्छन्।

हरेक दिन छिप्पिँदै गएको साँझले अमृतलाई झक्झक्याउने गर्छ। तर, साँझसँग उनलाई परबाह छैन। उनको पूरै लगाव काममा छ।

Ncell 2
Ncell 2
nimb
nimb

‘खटेअनुसारको कमाइ हुन्छ। गर्दै जाँदा कहिले त राति ९ सम्म बज्छ,’ काठमा बुट्टा भर्न तल्लीन अमृतले मुस्कुराउँदै भने।

जब परदेशले पीडा दियो
काममा तल्लीन भइरहेका अमृतलाई मैले विगतबारे सोधेँ। उनी विगतमा फर्किए। परदेशिएका क्षण सम्झिए। अनि झस्कँदै भने, ‘अब नेपालको सीमा कटेर जान्नँ।’

अमृतले जीवनको ६ बसन्त परदेशमै बिताएका छन्। तर, ‘रातदिन खटिँदा पनि कमाइ भएन,’ अमृत सुनाउँछन्। उनी वर्तमानलाई विगतको परदेशसँग तुलना गर्दै भन्छन्, ‘अर्काको देशमा बगाउने पसिना आफ्नै देशमा किन नबगाउनु। बरु अहिले नेपालमै पसिनासँग भिज्ने बानी परेको छ।’ 

माध्यामिक तहको अध्ययन सकेपछि काममा खोजीमा नेपालमै भौतारिए अमृत। त्यसबेला नेपालमा न उनले काम चिने, न कामले नै उनलाई पछ्यायो।

त्यसपछि लाग्न थाल्यो- म परदेश जान्छु।

सोच्थेँ- परदेशमा त केके न होला। पैसा त प्रशस्तै कमाइएला।

रोजगारीका लागि २०६७ सालमा कुवेत पुगे। तर, उनले सपनाको स्वर्गजस्तो परदेश विपनामा कहिल्यै भेट्टाउन सकेनन्। त्यहाँ त पैसा हैन–दुःख, वेदना र पीडाका महासागर उर्लने रहेछन्।

‘६ वर्ष विदेश बसेँ। तर, कहिल्यै पीडारहित दिन बिताइएन,’ उनले स्मृतिको पर्दा उतारे। हेभी गाडीको ग्यारेजमा काम। दिनको १२ घण्टा लगातार खट्नुपर्ने। मुस्किलले मासिक ३० हजार हुन्थ्यो। कमाइ जति खान, बस्न र ऋण तिर्न मात्रै ठिक्क।

यता काठमाडौंमा श्रीमती र छोराका बस्दथे। उनीहरूको लागि खर्च पुर्‍याउन पनि मुस्किल हुन्थ्यो। ग्यारेजमा काम गर्दा उनले गाडी चलाउन सिके। तर, कुवेतमा उनले गाडी चलाउने आँट गरेनन्।

काष्ठकलाले बदलिदियो जीवनको रङ 
२०७३ सालतिर। उनी छुट्टीमा नेपाल आएका थिए।

त्यतिबेला एक जना भाइले अमृतलाई सुझाए, ‘परदेश जानुभन्दा आफ्नै देशमा काम गर्नु, मैलेजस्तै काष्ठकलाको सिप सिक्नु।’ र भाइले प्रस्ताव गरे, ‘सँगै काम गरौँ। निकै राम्रो कमाइ हुन्छ।’ 

भाइको कुरा उनलाई घत लाग्यो। ‘राम्रो कमाइ हुने भए किन विदेश फर्कनु,’ उनले सोच्न थाले। तर, विदेशको लत परेको अमृतलाई निर्णय गर्न समय लाग्यो। ती भाइ काठमाडौंमा काष्ठकलाको काम गर्थे। धेरै सोचविचारपछि उनले निर्णय गरे, ‘एकपटक यतै काम गरेर हेर्छु, राम्रो कमाइ भयो भने यहीँ गर्छु्।’

त्यसपछि अमृत भाइसँगै काष्ठकलाको काममा जान थाले। डेढ महिना भाइले काम गरेको हेरे। त्यसपछि आफैं गर्न थाले। कला जानेपछि अमृत कालोपुलस्थित जेपी प्रतिष्ठानमा आवद्ध भएर काम गर्न थाले।

२ वर्ष भयो, उनी काष्ठकलामा रमाइरहेका छन्। भन्छन्, ‘यो काम जति जान्यो, त्यति जाँगर चल्छ। जति हात बस्यो, त्यति नै छिटो काम गर्न सकिन्छ।’

अमृतले अहिले परिवारसँगै बसेर मासिक ५० हजारभन्दा बढी आम्दानी गर्छन्। ‘एक घण्टा काम गरेको १ सय २५ रुपैयाँ छ, विदेशमा जसरी खट्न सक्यो भने ५० हजार सजिलै कमाइ हुन्छ,’ अमृत खुसी साट्छन्। उनी काममा दैनिक १२ देखि १५ घण्टासम्म निरन्तर खट्छन्। 

‘परदेशमा गएर काम गरेको सम्झन्छु अनि नेपालमा पनि त्यसरी नै काम गरे कसो नहोला भनेर खट्छु,’ अमृत भन्छन्। अमृतलाई अहिले आफ्नै देश प्यारो लाग्न थालेको छ। परदेशको भोगाइले पसिनाको मूल्य बुझाएको छ। 

सिप सिकेर काम गर्दा जीवनलाई सन्तुलन बनाउन सकिने उनको ठहर छ। उसो त सिप हुँदा र नहुँको भिन्नता अमृतले भोगिसकेका छन्। 

काष्ठकलाको सिपले अमृतको आत्मविश्वास बढेको छ। 

‘अबको योजना?’ 

‘विस्तारै आफ्नै व्यवसाय गर्ने सोचमा छु,’ उनीले मुस्कुराउँदै सुनाए। 

प्रकाशित मिति: शनिबार, साउन ४, २०७६  १२:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आजदेखि नेप्सेमा नियमित कारोबार सञ्चालन हुने
फ्लाई दुबईबाट पोखरा आउने यात्रुलाई होटल र रेष्टुराँमा छुट
विवाहको प्रमाणपत्र छैन ? सर्वोच्चले भन्यो– ‘अन्य प्रमाणबाट पनि नाता पुष्टि हुन सक्छ’
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
आजदेखि नेप्सेमा नियमित कारोबार सञ्चालन हुने मंगलबार, असोज ६, २०८३
फ्लाई दुबईबाट पोखरा आउने यात्रुलाई होटल र रेष्टुराँमा छुट मंगलबार, असोज ६, २०८३
विवाहको प्रमाणपत्र छैन ? सर्वोच्चले भन्यो– ‘अन्य प्रमाणबाट पनि नाता पुष्टि हुन सक्छ’ मंगलबार, असोज ६, २०८३
एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै मंगलबार, असोज ६, २०८३
आज हरिपरिवर्तिनी एकादशी मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्