• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक १०, २०८३ Tue, Oct 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

६ वर्ष कुवेत बस्दा हराएको अमृतको खुसी काठमाडौंमा काष्ठकलाले फर्कायो

64x64
नेपाल लाइभ शनिबार, साउन ४, २०७६  १२:४०
1140x725

काठमाडौं– निधारभरि चिट्चिट् पसिना। 

पसिनालाई बेवास्ता गर्दै कामसँगै रमाइरहेका हुन्छन् उनी। बिहान ८ बजे कालोपुलस्थित जेपी प्रतिष्ठानमा आउँछन्। र सधैं यसरी नै काममा लागिरहन्छन्। 

यो सर्लाहीका अमृत लामाको दैनिकी हो।

उमेर-३३ वर्ष। पेसा-काष्ठकला। सपाट काठमा छिनो राखी कुन्जोले टुक्टुक्याइरहेका थिए उनी।

'कतिबेला बिसाउनुहुन्छ?'

‘काम नै यस्तो छ, बिसाए पनि नबिसाए पनि आज यति त सक्नैपर्छ,’ टुकटुक आवाजसँगै ध्वनिमिश्रित स्वरमा उनी भन्छन्।

हरेक दिन छिप्पिँदै गएको साँझले अमृतलाई झक्झक्याउने गर्छ। तर, साँझसँग उनलाई परबाह छैन। उनको पूरै लगाव काममा छ।

Ncell 2
Ncell 2
nimb
nimb

‘खटेअनुसारको कमाइ हुन्छ। गर्दै जाँदा कहिले त राति ९ सम्म बज्छ,’ काठमा बुट्टा भर्न तल्लीन अमृतले मुस्कुराउँदै भने।

जब परदेशले पीडा दियो
काममा तल्लीन भइरहेका अमृतलाई मैले विगतबारे सोधेँ। उनी विगतमा फर्किए। परदेशिएका क्षण सम्झिए। अनि झस्कँदै भने, ‘अब नेपालको सीमा कटेर जान्नँ।’

अमृतले जीवनको ६ बसन्त परदेशमै बिताएका छन्। तर, ‘रातदिन खटिँदा पनि कमाइ भएन,’ अमृत सुनाउँछन्। उनी वर्तमानलाई विगतको परदेशसँग तुलना गर्दै भन्छन्, ‘अर्काको देशमा बगाउने पसिना आफ्नै देशमा किन नबगाउनु। बरु अहिले नेपालमै पसिनासँग भिज्ने बानी परेको छ।’ 

माध्यामिक तहको अध्ययन सकेपछि काममा खोजीमा नेपालमै भौतारिए अमृत। त्यसबेला नेपालमा न उनले काम चिने, न कामले नै उनलाई पछ्यायो।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

त्यसपछि लाग्न थाल्यो- म परदेश जान्छु।

सोच्थेँ- परदेशमा त केके न होला। पैसा त प्रशस्तै कमाइएला।

रोजगारीका लागि २०६७ सालमा कुवेत पुगे। तर, उनले सपनाको स्वर्गजस्तो परदेश विपनामा कहिल्यै भेट्टाउन सकेनन्। त्यहाँ त पैसा हैन–दुःख, वेदना र पीडाका महासागर उर्लने रहेछन्।

‘६ वर्ष विदेश बसेँ। तर, कहिल्यै पीडारहित दिन बिताइएन,’ उनले स्मृतिको पर्दा उतारे। हेभी गाडीको ग्यारेजमा काम। दिनको १२ घण्टा लगातार खट्नुपर्ने। मुस्किलले मासिक ३० हजार हुन्थ्यो। कमाइ जति खान, बस्न र ऋण तिर्न मात्रै ठिक्क।

यता काठमाडौंमा श्रीमती र छोराका बस्दथे। उनीहरूको लागि खर्च पुर्‍याउन पनि मुस्किल हुन्थ्यो। ग्यारेजमा काम गर्दा उनले गाडी चलाउन सिके। तर, कुवेतमा उनले गाडी चलाउने आँट गरेनन्।

काष्ठकलाले बदलिदियो जीवनको रङ 
२०७३ सालतिर। उनी छुट्टीमा नेपाल आएका थिए।

त्यतिबेला एक जना भाइले अमृतलाई सुझाए, ‘परदेश जानुभन्दा आफ्नै देशमा काम गर्नु, मैलेजस्तै काष्ठकलाको सिप सिक्नु।’ र भाइले प्रस्ताव गरे, ‘सँगै काम गरौँ। निकै राम्रो कमाइ हुन्छ।’ 

भाइको कुरा उनलाई घत लाग्यो। ‘राम्रो कमाइ हुने भए किन विदेश फर्कनु,’ उनले सोच्न थाले। तर, विदेशको लत परेको अमृतलाई निर्णय गर्न समय लाग्यो। ती भाइ काठमाडौंमा काष्ठकलाको काम गर्थे। धेरै सोचविचारपछि उनले निर्णय गरे, ‘एकपटक यतै काम गरेर हेर्छु, राम्रो कमाइ भयो भने यहीँ गर्छु्।’

त्यसपछि अमृत भाइसँगै काष्ठकलाको काममा जान थाले। डेढ महिना भाइले काम गरेको हेरे। त्यसपछि आफैं गर्न थाले। कला जानेपछि अमृत कालोपुलस्थित जेपी प्रतिष्ठानमा आवद्ध भएर काम गर्न थाले।

२ वर्ष भयो, उनी काष्ठकलामा रमाइरहेका छन्। भन्छन्, ‘यो काम जति जान्यो, त्यति जाँगर चल्छ। जति हात बस्यो, त्यति नै छिटो काम गर्न सकिन्छ।’

अमृतले अहिले परिवारसँगै बसेर मासिक ५० हजारभन्दा बढी आम्दानी गर्छन्। ‘एक घण्टा काम गरेको १ सय २५ रुपैयाँ छ, विदेशमा जसरी खट्न सक्यो भने ५० हजार सजिलै कमाइ हुन्छ,’ अमृत खुसी साट्छन्। उनी काममा दैनिक १२ देखि १५ घण्टासम्म निरन्तर खट्छन्। 

‘परदेशमा गएर काम गरेको सम्झन्छु अनि नेपालमा पनि त्यसरी नै काम गरे कसो नहोला भनेर खट्छु,’ अमृत भन्छन्। अमृतलाई अहिले आफ्नै देश प्यारो लाग्न थालेको छ। परदेशको भोगाइले पसिनाको मूल्य बुझाएको छ। 

सिप सिकेर काम गर्दा जीवनलाई सन्तुलन बनाउन सकिने उनको ठहर छ। उसो त सिप हुँदा र नहुँको भिन्नता अमृतले भोगिसकेका छन्। 

काष्ठकलाको सिपले अमृतको आत्मविश्वास बढेको छ। 

‘अबको योजना?’ 

‘विस्तारै आफ्नै व्यवसाय गर्ने सोचमा छु,’ उनीले मुस्कुराउँदै सुनाए। 

प्रकाशित मिति: शनिबार, साउन ४, २०७६  १२:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मलेसियालाई सरकारको प्नस्ताव : श्रमिक भर्ना प्रक्रियाबारे नेपाल–मलेसिया संयुक्त कार्यदलको बैठक काठमाडौंमा गराै
चक्रवात ‘अर्नब’ शक्तिशाली हुने भन्दै तीन दिन उच्च सतर्कता अपनाउन सरकारको आग्रह
नेपाली सेनाले किन गर्दैछ भूतपूर्व सैनिक सम्मेलन?
सम्बन्धित सामग्री
भोलिबाट एनपिएल–३ः चम्कदै विदेशी ‘स्टार', कता जाँदैछ नेपालका उदीयमान युवाहरूको भविष्य ? नेपाली प्रतिभालाई गौण बनाएर ल्याइने विदेशी खेलाडीका भरमा मात्र नेपालको खेलकुदको अपेक्षित विकास हुन सक्दैन । आइतबार, कात्तिक ८, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ किराँत समुदायले दशैंको टीका बहिष्कार गर्ने अभियान चलाए पनि पूर्व सभामुख तथा नेकपा एमालेका नेता सुवास नेम्वाङले दशैंमा टीका लगाउन कहि... बिहीबार, कात्तिक ५, २०८३
वर्षमा एक दिन खुल्ने तलेजु मन्दिरको रोचक तथ्य मन्दिरको भव्यताले एकछिन रोकिएर हेर्न बाध्य बनाउँथ्यो । तर हाम्रो ध्यान मन्दिरको बनावटमा मात्र अडिएन । मन्दिरको ढोका बन्द थियो, बन्द... मंगलबार, कात्तिक ३, २०८३
ताजा समाचारसबै
संसदमा ३६ विधेयक विचाराधीन, अधिवेशन अन्त्यपछि थपिए नयाँ ६ विधेयक सोमबार, कात्तिक ९, २०८३
मलेसियालाई सरकारको प्नस्ताव : श्रमिक भर्ना प्रक्रियाबारे नेपाल–मलेसिया संयुक्त कार्यदलको बैठक काठमाडौंमा गराै सोमबार, कात्तिक ९, २०८३
चक्रवात ‘अर्नब’ शक्तिशाली हुने भन्दै तीन दिन उच्च सतर्कता अपनाउन सरकारको आग्रह सोमबार, कात्तिक ९, २०८३
नेपाली सेनाले किन गर्दैछ भूतपूर्व सैनिक सम्मेलन? सोमबार, कात्तिक ९, २०८३
आशिफ शेख र डी आर्सी सर्टको अर्धशतकीय साझेदारीमा लुम्बिनीको विजयी सुरुआत, सुदूरपश्चिम सात विकेटले पराजित सोमबार, कात्तिक ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
कहाँ छन् रवि लामिछाने? आइतबार, कात्तिक ८, २०८३
तोलामा ११ हजार ७ सय रुपैयाँ घट्यो सुन आइतबार, कात्तिक ८, २०८३
चक्रवात ‘अर्नब’ शक्तिशाली हुने भन्दै तीन दिन उच्च सतर्कता अपनाउन सरकारको आग्रह सोमबार, कात्तिक ९, २०८३
भोजपुरबाट चतरा आउँदै गरेको जेटबोट सप्तकोशी नदीमा दुर्घटनाग्रस्त, तीनको मृत्यु आइतबार, कात्तिक ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्