काठमाडौँ- नेकपा एमालेको कार्यवाहक अध्यक्षको जिम्मेवारी पार्टी उपाध्यक्ष वामदेव गौतमलाई दिइएको छ।
पार्टी अध्यक्ष केपी शर्मा ओली स्वास्थ्य परीक्षणका क्रममा बुधबार बैंकक गएपछि पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष गौतमलाई दिइएको एमाले केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए।
अध्यक्ष ओली स्वास्थ्य उपचारका लागि थाइल्यान्डको बैंकक गएका हुन्। उनी उपचारपछि माघ २ गते स्वदेश फर्कनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।