काठमाडौं- चाबहिल-जोरपाटी सडकखण्डको समस्या नयाँ होइन। लामो समयदेखि यो बाटो भत्किएर जनताले सास्ती खेप्दै आएका छन्।
सडकखण्डमा यत्रतत्र खाल्डाखुल्डी छन्। पानी जमेको छ। यसले पैदलयात्रु देखि मोटरसाइकल चालक र साइकलमा सवारी गर्नेले पाएको सास्ती कम छैन। करिब २ वर्ष अघिदेखि यो सडकखण्ड प्रयोग गर्नेले पाउने सास्तीको सीमा छैन।
पानी नपर्दा धुलो उड्ने र पानी पारे हिलोले जनता सताएको सताएकै छ। तर लामो समय बितिसक्दा पनि यसको पुनर्निर्माण सम्पन्न भएको छैन। त्यसैले यो सडक प्रयोग गर्नेहरूले भन्न थालेका छन्- मनसुन नफाब्ने चाबेल जोरपाटीको बाटो।
सडक निर्माण चाँडो सम्पन्न गर्न उपभोक्ताले दबाब पनि दिँदै आएका छन्।
यही सडकखण्डका केही दृश्य हामीले कैद गरेका छौं।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।